Monday, April 13सत्यम खबर
Shadow

५० हजार मै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने

प्रमोद सहनी
राैतहट, ११ श्रावण – विगत ८ बर्षदेखी अध्य्यन अध्यापन गराउँदै आइरहेको रौतहटको धरहरी, देवाही गोनाही नगरपालिका वडा नं. ११ स्थित रहेको जय किसान बहु-प्राविधिक शिक्षालयले
अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी ९८००० शुल्कलाई घटाएर अबदेखि ५० हजार मै ३ वर्षे अध्ययन गराउने निर्णय गरेको छ ।
निर्णयसंगै विद्यार्थीहरु अब ५० हजारमै प्राविधिक शिक्षालयले ३ वर्षे ओभरसियर, आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो भन्ने कुरा शिक्षालयका शिक्षालय प्रमुख ई.धनोजकुमार यादवले बताउनु भयाे ।
यो निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुने छ्न् । जहाँ शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन गराउदैं आएको छ।

शिक्षालयमा सुबिधा सम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ ।, शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था गरिएको छ ।, बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने ।, दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने ।, बिद्यार्थीको लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था गरिएको छ ।, जिल्ला मै उत्कृष्ट नतिजा ल्यान सक्षम र सफल शिक्षालयको रुपमा स्थापित नामको रुपमा परिचित रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *