
नेपालगन्ज, २१ श्रावण – नेपालगन्जमा पहिलोपटक नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्रतियोगिताको फिनाले नेपालगन्जमा सम्पन्न हुने भए पनि अडिसन भने बाँके, बर्दिया, दाङ तथा भारतको विभिन्न क्षेत्रमा अडिसिन लिएर भारतीय प्रतिस्पर्धीको समेत सहभागीता रहने आयोजकले नेपालगन्जमा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था आर के वि नृत्य एवं कला केन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसले पहिलो अडिसन कोहलपुरमा हुनुका साथै सहभागी विद्यार्थीहरुले रु.५००।– फर्म शुल्क मात्र लाग्नुका साथै प्रशिक्षण वापत न्यूनतम शुल्क मात्र लिने आयोजकद्वारा जनाएको छ ।
नृत्य र गायन बिधामा आयोजना हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख रुपैयाँ सहित अन्य गिफ्ट ह्याम्पर रहेको आयोजक संस्था हेन्कक इन्टरटेनमेन्ट हाउसका प्रवन्ध निर्देशक रितेश गौतमले जानकारी दिएका छन् ।
नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिदै आयोजक संस्था मध्यको एक आर के वि नृत्य एवं कला केन्द्रका प्रवन्ध निर्देशक राजनकुमार वैश्यले प्रतियोगितामा कुनै पनि प्रतियोगीलाई टिकट बिक्रीको जिम्मा नदिने र कलाको आधारमा छनौट गरिने बताए ।
पछिल्लो समय कुनै पनि प्रतियोगितामा टिकट बिक्री र सोही टिकट बिक्रीको आधारमा उत्कृष्ट छनौट गर्ने परिपाटीको बारेमा बोल्दै आफ्नो प्रतियोगितामा त्यस्तो नहुने जानकारी दिएका छन् ।
