गुरुकुल सकर स्कुलले मनायो सातौं वार्षिकोत्सव
कोहलपुर, २६ चैत – कोहलपुरको गुरुकुल सकर स्कुलले आफनो सातौं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।आइतबार सम्पन्न वार्षिक उत्सव कार्यक्रममा वर्षभरी भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नम्बर ३ अध्यक्ष माधव रिजाल, गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, गुरुकुल सकर स्कुल संचालक समिति सदस्य कमल खत्री,प्रिन्सिपल आशा देवी शाही, पत्रकार दिप्ती भंट लगायतले विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा रहेको गुरुकुल सकर स्कुलले हरेक वर्ष स्तर उन्नती गर्दै ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको वडा अध्यक्ष रिजालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिल...









