
नेपालगन्ज, २२ फागुन – इन्सेकद्वारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउँपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा अनौपचारिक क्षेत्र सेवा (इन्सेक) को आयोजनामा वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतना मूलक सडक नाटक खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्रा·ण तथा जानकी गाउँपालिका–४ मानपुर गाउँको मुख्य सडकमा आज मंगलबार सम्पन्न भएको छ ।

श्री जानकी मावि जानकी गाउँपालिका–४ सहायक प्रधानाध्यापक ललितबहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो ।

जानकी गाउँपालिका छैठौ अधिकृत जीतबहादुर श्रेष्ठले समुदायमा दाइजोको कारण घरेलु हिंसा बढी हुने भएकाले समुदायमा भएको वाल विवाह, दाइजो प्रथा र घरेलु हिंसा विरुद्ध सचेतना सडक नाटक मार्फत दिएको र सवै समुदाय, वर्ग सचेत हुनुपर्ने बताउनु भयो ।
समुदायका महिला पुरुषको निकै उपस्थिति थियोे बालविवाह गर्नु हु“दैन, सरकारले बनाएको कानुन पालन गरे दुवै पक्षको हित हुने दर्शक सविता देवीले बताएकी थिइन् ।

इन्सेकले विगत २ वर्षदेखि मानवअधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउँदै आएको, जसको प्रभावले बालविवाह र घरेलु हिंसा न्युनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बताईन् ।
