Friday, February 14सत्यम खबर
Shadow

गुरुकुल सकर स्कुलले मनायो सातौं वार्षिकोत्सव

कोहलपुर, २६ चैत – कोहलपुरको गुरुकुल सकर स्कुलले आफनो सातौं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सम्पन्न वार्षिक उत्सव कार्यक्रममा वर्षभरी भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नम्बर ३ अध्यक्ष माधव रिजाल, गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, गुरुकुल सकर स्कुल संचालक समिति सदस्य कमल खत्री,प्रिन्सिपल आशा देवी शाही, पत्रकार दिप्ती भंट लगायतले विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।


कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा रहेको गुरुकुल सकर स्कुलले हरेक वर्ष स्तर उन्नती गर्दै ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको वडा अध्यक्ष रिजालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले शिक्षाका क्षेत्रमा थुप्रै परिवर्तन आइसकेका छन् । अभिभावकहरुले आफनो खर्च कटाएर भएपनि बालबालिकालाई राम्रो विद्यालयमा पठाउने प्रयास गर्नु हुन्छ । विद्यालयले विद्यार्थीको क्षमताको पहिचान गरेर समय सापेक्ष शिक्षा प्रदान गर्न सक्नु पर्छ । त्यसमा गुरुकुलले सफलता हासिल गर्दै गएको छ ।’
मैटहवाका विद्यार्थीले आफनो घरको नजिकै रहेको विद्यालयमै गुणस्तरीय शिक्षा प्राप्त गर्नु खुसीको कुरा भएको वडा अध्यक्ष रिजालले बताउनु भयो ।


आइतबार भएको कार्यक्रममा २०८० को उत्कृष्ट शिक्षकको रुपमा दिलसरा वलीसँगै विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममाशिक्षा शाखा अधिकृत शिला गौतमले गुरुकुल सकर स्कुलले हरेक वर्ष भौतिक पुर्वाधारसँगै शिक्षाको क्षेत्रमा पनि सुधार गर्दै गएको बताउनु भयो । दुई वर्ष अघि अनुगमनमा गएको बेला भन्दा अहिले गुरुकुलले थुप्रै कुरामा सुधार गरेको उहाँले बताउनु भयो ।
गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाहीले विद्यार्थीलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘विद्यार्थीको क्षमता, अवस्था र परिवेशलाई अध्ययन गरेर हामीले पढाउने प्रयास गर्नु पर्छ । विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा पनि स्वस्थ राख्नु विद्यालयको दायित्व । हामीले खेलकुदको माध्यमबाट विद्यार्थीहरुमा थुप्रै पक्षको सुधार गरेका छौं ।’


कार्यक्रममा गुरुकुल सकर स्कुलको प्रिन्सिपल आशा देवी शाहीले कार्यक्रममा स्वागत मन्त्वय राख्दैं विद्यालयले प्रविधिसँगै गुणस्तरीय शिक्षामा केन्द्रित भएर काम गरिरहेको बताउनु भयो ।
वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा कार्यरत पत्रकार दिप्ती भंट, बाँके जिल्ला फुटबल संघका सहकोषाध्यक्ष श्याम मल्ल, फुटबल प्रशिक्षक युवराज शाही, भोजबहादुर शाही लगायतले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *