असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन
नेपालगन्ज, २७ जेठ – यही असार ७ गते देशभरका सिनेमाघरहरुमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘दानवी’को प्रचार–प्रसार तीब्र पारिएको छ । नेपालगन्जका कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ ।कलाकार दीपक थापा (काजी) र सत्यनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगन्जमा मिस नेपाल प्रिय रानी लामाले लञ्च गरेकी हुन ।
२५÷२० को होर्डिङ बोर्ड भएको उक्त व्यानर बासको टेकाले वालमा झुण्ड्याउनु परेको स्थानीय कलाकार दीपक थापाले (काजी) एवं सत्यनारायण चौधरीले सत्यमखबरलाई जानकारी गराउनु भयो ।‘दान्भी’ आगामी असार ७ गते सिनिमा घरहरुमा प्रदर्शन हुने भएको छ । यसअघि आगामी असार १० गते प्रदर्शन गर्ने फिल्म निर्माता टिमको तयारी रहेको भएपनि नयाँ पोस्टर सार्वजनिक गर्दै असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ ।प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपा...









