Sunday, September 27सत्यम खबर
Shadow

आस्था

कर्बला व्यवस्थापन समितिकाे बैठक सम्पन्न

कर्बला व्यवस्थापन समितिकाे बैठक सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, समाचार
नेपालगन्ज, ९ श्रावण - केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको नेपालगन्जमा बैठक शनिबार सम्पन्न भएको छ । उक्त बैठकमा मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन सम्बन्धि छलफल भएको समितिले जनाएको छ । कोरोना संक्रमणको महामारीका कारण लगातार दुई बर्षदेखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ मनाउने छलफल भएको केन्द्रिय समितीका अध्यक्ष गुलाम हुसेन हल्वाईले बताए । केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाई (फिरोज), वरिष्ठ उपाध्यक्ष इश्हाक सिद्दिकी (गुड्डू), उपाध्यक्ष जलील राई,, महासचिव शाबीर अली शेष, सचिव रिजवान मिर्जा, अब्दुल जलील मंसूरी सरपरस्त, अली हुसैन राई लगायत २४ जनाको समिती रहेको छ । केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय ने...
बाँकेका प्रथम पत्रकार गुप्तको ९५ औं जन्म जयन्ती मनाईयो

बाँकेका प्रथम पत्रकार गुप्तको ९५ औं जन्म जयन्ती मनाईयो

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – बाँकेका प्रथम पत्रकार स्व. महावीर प्रसास गुप्तको ९५ औं जन्म जयन्ती आज शनिबार मनाईएको छ ।किरण साप्ताहिकद्वारा आयोजना गरिएको स्व. गुप्तको ९५ औं जन्म जयन्तीका अवसरमा स्व. गुप्तले बाँके जिल्लामा गरेका अतुलनीय योगदानको चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाईले स्व. गुप्तले पत्रकारिता क्षेत्रमा मात्र नभई शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदान अब आउने नवपिढीहरुका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।विशिष्ठ अतिथि तथा वरिष्ठ साहित्यकार सच्दिानन्द चौबेले आफू स्व. महावीर प्रसाद गुप्तसँग सामाजिक कार्यदेखि शैक्षिक विकास कार्यमा सहयात्री भई कार्य गरेको स्मरण गराउनुभयो । वरिष्ठ साहित्यकार चौबेले स्व. गुप्त कुस्ती समेत विभिन्न अखाडामा गई खेल्ने गरेको बताउनुभयो । विशिष्ठ अतिथी तथा प्राज्ञ प्रतिष्ठानका प...
स्थापना दिवसको अवसरमा रक्तदान

स्थापना दिवसको अवसरमा रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ श्रावण – आफ्नो १३१ औं वार्षिकोत्सवको अवसरमा बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जले आज शनिबार स्थापना दिवसको अवसार पारेर डाक्टरहरुद्वारा रक्तदान गरिएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक सुनिल थापामगरलाई रक्तदान कार्यक्रम संयोजक डा. उर्मिला पराजुलीले रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो भने भेरी अस्पताल नेपालगन्जका निर्मित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा र डा. नबिनचन्द ठकुरीले १–१ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो रक्तदान कार्यक्रम मारीमा राना, प्रचण्ड गौतम, शीला शर्मा, प्रिती खडका, उर्मिला जैसी, विकास चौधरी, हबीब बेहना, डा.रामगोपाल तिवारी, देवीबहादुर भण्डारी, सलामुतद्दीन अलीमियाँ, लक्ष्मी बडुवाल, डा. सञ्जय वर्मा, बद्री चापागाईं, लक...
आज गुरु पूर्णिमा मनाइँदै

आज गुरु पूर्णिमा मनाइँदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – तिथिको अनुसार हिजो बिहानदेखि नै गुरुपूर्णिमा लागेको भएता पनि मितिका अनुसार आज अषाढ शुक्ल पूर्णिमाका दिन गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइँदैछ ।ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।गुरु पूर्णिमाका अवसरमा ...
“भानु तिम्रो रामायणले” को लोकार्पण

“भानु तिम्रो रामायणले” को लोकार्पण

आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - गायक तथा संगीतकार केशव शर्मा दाहालले आदिकवि भानु भक्त आचार्यको जन्म दिवसको अवसर पारेर “भानु तिम्रो रामायणले, मैले राम जाने” बोलको भजन गीतको लोकार्पण गरेका छन् । कनेक्टिकट नेपाली समाजले मनाएको २०८ औं आदिकवि भानु भक्त जन्म जयन्तिको अवसरमा औपचारिक लोकार्पण गरिएको भजन गीतको रचना कवि तथा गीतकार धन लामाले गर्नु भएको हो । नेपाली भाषा साहित्यको विकासमा आदिकवि भानु भक्त आचार्यको योगदान अतुलनीय छ । त्यसमा पनि साँस्कृत भाषामा रहेको वाल्मिकी रामायणको नेपाली भाषामा गरेको अनुवादले नेपाली समाजमा अध्यात्मिक जागरणको नयाँ युगको आरम्भ गरेको देखिन्छ । कवि तथा गीतकार लामाको “भानु तिम्रो रामायणले” गीत भजनले सिंगो रामायणको सार बोकेको छ । भानु तिम्रो रामायणले मैले राम जानें भानु तिम्रो रामायणले मैले राम जानेंउनै बिष्णु भगवानको अर्को नाम जानेंराम नाम जानें भानु, राम नाम जानेंतिमीले ग...
गाई चोरीमा दुईजना पक्राउ

गाई चोरीमा दुईजना पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो । त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्...
कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – कसौंधन वैश्य समाजद्वारा १८ वर्षमाथिका सम्पूर्णलाई कोभिड–१९ कोरोना भाईरस विरुद्धका खोप लगाउन माग गरिएको छ ।कसौंधन वैश्य समाज, कसौंधन वैश्य समाज युवा मञ्च, कसौंधन वैश्य समाज महिला मञ्चलगायतको टीमसँगै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउँदै कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले कोरोना भाईरसको संक्रमणबाट विगतमा नेपालगन्जमा देखिएको अवस्थालाई ध्यानमा राखी पुनः सोही अवस्था नआउन पाओस् भन्ने उद्देश्यका साथ आज सम्बन्धित जिल्ला प्रमुखमार्फत प्रधानमन्त्रीलाई खोप लगाउन ज्ञापनपत्र मार्फत माग गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले ज्ञापनपत्र बुझ्दै छिटोभन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा बुझाउँने आस्वासन दिनुभयो ।कसौंधन वैश्य समाजद्वारा बुझाईएको ज्ञापन पत्रमा “यस बाँके जिल्ला लगायत विश्व भरि नै कोरोना (क...
लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा भण्डारी

लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा भण्डारी

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – लायन्स क्लब अफ नेपालगन्जले सोमवार नेपालगन्ज स्थित स्वास्तिक कटेजमा भव्यताका साथ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पी.डी.जीद्वय मधुसूधन शर्मा (रिजाल), सेम शाक्यको उपस्थिति रहेको थियो । यसैगरी अतिथिका रुपमा सम्पूर्ण लायन्स क्लब आफ नेपालगन्जका पूर्व अध्यक्ष लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सन् २०२०÷२०२१ का अध्यक्ष यज्ञप्रताप राणाले वर्षभरिमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्दै सन् २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारी, कोषाध्यक्ष नर्मदा शाही तथा सचिव यज्ञबहादुर बस्नेतलाई पूर्वअध्यक्ष यज्ञप्रताप राणा, पूर्व कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ तथा पूर्व सचिव यज्ञबहादुर बस्नेत अ–आफ्नो पद हस्तान्तरण गरेका थिए । यसैगरी शुभकामना मन्तव्य दिने क्रममा पी.डी.जी.मधूसूदन शमा (रिजाल), पी.डी.जी. सेम शाक्य ...
महिलालाई अक्षय कोषबाट सहयोग

महिलालाई अक्षय कोषबाट सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई सहयोग प्रदान गरिएको छ । बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोषबाट बाँसगढी बर्दिया घर भई हाल नेपालगन्ज वडा नं. १२ मा बस्दै आएकी लक्ष्मी बुढालाई व्यवसाय सञ्चालन सहयोगका लागि १० हजार सहयोग गरिएको हो ।आर्थिक अवस्था कमजोर भएकी बुढाका श्रीमान १ वर्षदेखि सम्पर्क बिहिन छन् । बुढाले नेपालगन्जमा ठेलामा पसल सञ्चालन गरिरहेकी छन् । शाहको जन्म दिन साउन ३ गते कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिदै आएको छ । नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका अतिथी बासका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, कानुनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाहले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अक्षय कोषकी संस्थापक दिला शाहले जिवित वुवा, मुवाको सम्मानमा अक्...
५० परिवारलाई २५ सय नगदसहित राहत बितरण

५० परिवारलाई २५ सय नगदसहित राहत बितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
टिकापुर, ३ श्रावण - माइती नेपाल नेपालगन्जले कैलालीको टिकापुर नगरपाकिाल वडा नं–८ सत्ति गाउँका ५० परिवारलाई राहत बितरण गरेको छ । सत्ति गाउँका महिला तथा बालबालिका लक्षित गर्दै माइती नेपालले आईतबार ५० परिवारलाई नगदसहित खाद्यन्न राहत बितरण गरेको हो । राहत बितरणमा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले हालसम्म यो समुदायमा यति धेरै मात्राको सहयोग पहिलो पटक भएको बताउनुभयो । माइती नेपालले सधैं महिला तथा बालबालिका लक्षित कार्यक्रम गर्दै आएको र यो समुदाय लक्षित राहत बितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले दुःखी चेलीका लागि आखिर माइती नै रहेछ र माइतीको वास्तविक्ता व्यक्त गर्नुभयो । उक्त गाउँमा दैनिक ज्यालादारी गर्ने, यौन शोषणमा परेका, बिभिन्न रोगबाट ग्रसित, अपाङ्गता भएका, अभिभावक बिहिन र बादी समुदायका महिला तथा बालबालिका गक्षित गरी ५० घरपरिवारलाई राहत बितरण गरिएको माइती नेपाल ने...