Sunday, May 31सत्यम खबर
Shadow

आस्था

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असोज – खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो । उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना...
डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ असोज – डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायणबहादुर विष्ट आउनु भएको छ । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । पालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले मेरो व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको बदनाम गरेको भन्दै डुडुवाको समग्र विकास र मालिकहरुको सेवाका लागि सधैं अघि बढिरहेको बताउनुभयो । उहाँले केही व्यक्तीहरुको नीजि स्वार्थ पुरा नभएपछि आन्दोलनको नाममा मेरो विरुद्ध विभिन्न भ्रमपुर्ण सूचना भाईरल गरेको भन्दै मैले मालिकको लागि गरेको काम र विकास सबैको अगाडी छर्लङ्ग रहेको स्पष्ट पार्नुभयो । राजनितिक रुपमा मेरो प्रतिद्धन्द्धी भएर निर्वाचनमा पराजय व्यहोरेका व्यक्तीले अनावश्यक रुपमा पालिकालाई नै बदनाम गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो । त्यस अवसरम...
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, २२ असोज – धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वेको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्। अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।” धर्नामा विभिन्न सामाजिक संघ–...
होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ असोज – सोमबार राती करीब ७ बजे ३० मिनेटमा नेपाल भारत सीमानाकामा दुई जना मोटरसाईकल रोकेर साथीसित गफ गरिरहेका थिए । उनीहरुलाई जानकारी थिएन के हुन्छ भनेर, त्यत्तिकैमा होटल सिद्धार्थमा रहेको क्यासिनोको गाडी आएर उनलाई ठक्कर दिन्छ । उनी दुर्घटना ग्रस्त भई सोही स्थानमा लडिरहेका हुन्छ । छेउछाउमा रहेको स्थानियहरु आउँछन् । भिड देखेर प्रहरी पनि पुग्छ केही बेर चर्काचर्की हुन्छ र प्रहरीले क्यासिनोको गाडी प्रहरी चौकीतर्फ लैजान्छ भने दुर्घटना ग्रस्त पीडितलाई नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारको लागि पु¥याईन्छ । यो घटना हुन्छ भिड धेरै हुन्छ तर प्रमाण कही देखिदैन । त्यसको अर्को दिन पनि कुनै कही खबर आउँदैन । तर एकजना नाम नबताउने सर्तमा मंगलबार राती फोन गरेर जानकारी दिन्छन् तथा प्रश्न गर्छन पटक पटक क्यासिनोको गाडीबाट दुर्घटना हुँदा किन प्रहरीले कार्यवाही गर्दैन् ? त्यति मात्र नभई आम सर्वस...
राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

अपराध, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असाेज - बाँके जिल्ला विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायहरूको साझा फुलबारीका रूपमा चिनिएको जिल्लामा पछिल्लो समय धार्मिक आस्थामाथि आक्रमण भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति बाँकेले गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष युवराज शाहीले जारी गरेको विज्ञप्तिमा असोज १७ गतेका दिन हिन्दु धर्मावलम्बीहरूले नवदुर्गा भवानीको प्रतिमा (मूर्ति) बिसर्जन गर्न जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाका १९, ६, १४ र १५ नम्बर वडाका विभिन्न स्थानहरूमा केही समूह र व्यक्तिहरूबाट धार्मिक आस्थामाथि गरिएको सांघातिक आक्रमणप्रति संगठनले घोर निन्दा र भर्त्सना गरेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थामाथि भएको यो जघन्य अपराधिक घटना नेपालको संविधान २०७२ को मर्म रभावना विपरीतको गम्भीर र आपत्तिजनक घटना हो।” युवा संगठन...
पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ असोज – कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइवीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ । “यस प्रकारका कार्यले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर अतिक्रमण गरेको छ ।” शाखाका अनुसार पत्रकार नजर राम महर्जन आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा रामेश्वर महर्जनले सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की...
विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२, असोज – विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताएका थिए । उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताएका थिए । महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । सहभागीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो । कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु म...
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९, असोज - लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले महिला तथा बालिका हिंसाविरुद्ध निमार्ण गर्न लागेको नीतिको बारेमा मंगलबार गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि सरोकारवालाले महिलाहरु अझै पिडित रहेको बताएका थिए । जानकी गाउँपालिकाले मनोसामाजिक सेवामार्फत महिला तथा किशोरीहरुको अवस्था पहिचान गर्ने क्रममा त्यस्तो समस्या देखिएको जनाएको छ । पालिकाका मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले विभिन्न वडाका महिला तथा किशोरीहरुलाई भेटेर कुरा गर्दा उनीहरु स्वतन्त्रपुर्वक रुपमा जिवनयापन गर्न नपाएपछि मानसिक समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘मह...
नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – हिन्दूहरुको महान पर्व विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा पनि सोमबार घटस्थापनाको दिन धार्मिक तथा वैदिक विधिपूर्वक विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ हो । नेपालगन्जसंग जोडिएको भारतको रुपईडिहा बजारमा आदर्श थाना कोतवाली इन्चार्ज इन्स्पेक्टर रमेश सिंहले श्री नव दुर्गा पूजा पण्डालको रिबन काटेर उद्घाटन गरे । भारत माता की जय, जय माता दी, जय जय माता दी को नाराले गुञ्जायमान वातावरणमा भएको उद्घाटन कार्यक्रममा रूपैडिहा थाना इन्चार्ज इन्स्पेक्टर रमेश सिंह रावतले शारदीय नवरात्रको सुरुवात केवल एउटा पर्व मात्र होइन, यो एक आध्यात्मिक अभ्यास पनि हो भन्नुभयो । नव दुर्गा पण्डालमा विभिन्न पूजा र प्रार्थना पछि नव दुर्गा पूजा पण्डाल यो । पण्डित पूर्व गाउँको ग्राम पञ्चायत मुरलीधर ददौलीमा नव दुर्गा पूजा समितिमा आएका पाहुनाहरूलाई खाद...
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज – मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्नी धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् । कार्यक्रममा सम्मानित कथासंग्रहम...