Monday, October 13सत्यम खबर
Shadow

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवा, २३ असोज – डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायणबहादुर विष्ट आउनु भएको छ । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।

पालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले मेरो व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको बदनाम गरेको भन्दै डुडुवाको समग्र विकास र मालिकहरुको सेवाका लागि सधैं अघि बढिरहेको बताउनुभयो । उहाँले केही व्यक्तीहरुको नीजि स्वार्थ पुरा नभएपछि आन्दोलनको नाममा मेरो विरुद्ध विभिन्न भ्रमपुर्ण सूचना भाईरल गरेको भन्दै मैले मालिकको लागि गरेको काम र विकास सबैको अगाडी छर्लङ्ग रहेको स्पष्ट पार्नुभयो ।

राजनितिक रुपमा मेरो प्रतिद्धन्द्धी भएर निर्वाचनमा पराजय व्यहोरेका व्यक्तीले अनावश्यक रुपमा पालिकालाई नै बदनाम गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस अवसरमा जिम्मेवारी सम्हाल्दै प्रमुख प्रशासकिय अधिकृत विष्टले कानूनले दिएको अधिकार भित्र रहेर इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताउनुभयो ।

पाटन नगरपालिका बैतडीबाट सरुवा भएर आउनु भएका विष्ट यस अघि करिब १३ वटा स्थानीय तहमा काम गरेको कार्य अनुभव रहेको छ । कार्यालयमा हाजिर ह“ुदै प्रमुख प्रशासकिय अधिकृत विष्टले पालिकाका सबै कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

पालिकामा यस अघि अशोककुमार पाण्डेयले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *