Sunday, May 31सत्यम खबर
Shadow

आस्था

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक २ गते, आईतबार हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो । नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति अभूतपूर्व रह्यो । असंगठित समूहको यो क्रान्तिले व्यवस्थाको साटो जनताको अवस्था परिवर्तनको माग राखेको थियो । वर्तमान राजनीतिक प्रणालीका केही आधारभूत पक्षहरुको सुधार चाहेको थियो र छ । २४ घण्टामै सत्ता ढल्ने गरी भएको जेनजी क्रान्ति वा आन्दोलन नेपालको राजनीतिक र सामाजिक इतिहासमा अद्वितीय र असामान्य घटना बन्न पुग्यो । आन्दोलनका पृष्ठभूमिहरु जेजस्तो थियो भनिए पनि अप्रमाणिक ती कथित विश्लेषणहरुको कुनै अर्थ छैन र देश अहिले नयाँ मोडमा उभिएको छ...
धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
-क्षितिज विक्रम खनाल मितिः २०८२ कार्तिक १ गते, शनिबार कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिलेअत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ। पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थनसंग सवन्धित छ। कथा अनुसार देवता र असु...
२१ जनाले गरे रक्तदान

२१ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ असोज – सिटिजन लाइफ इन्स्यूरेन्सले आफनो आठौं बार्षिकोत्सको उपलक्ष्यमा आयोजना गरेका रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शाखा कर्मचारी, बैंक कर्मचारी, खेलाडी, स्वयंसेवी रक्तदाता लगायतले २१ जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखा म्यानेजर अन्जुकुमारी बानियाले सुशील कोइराला प्रखर क्यान्सर हास्पिटल खजुरामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । आयोजित रक्तदान कार्यक्रममा अल्क बहादुर शाही, जीवन चौधरी, हेम बहादुर थारु, धनेश्वर यादव, मान बहादुर जिसी, शिवा गुप्ता, मञ्जिल सिंह, सुरेश थापा, गोपाल शाही, अभिमन्यु थारु, ईभाजेलिना दहित, सलिम कुरैशी,...
कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मिति : २०८२ असोज ३१ गते, शुक्रबार नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्‍यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ? सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका म...
लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असोज – नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सहप्रायोजन गर्ने भएको हो । बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गर्नु भयो । खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्र...
राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै

राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
नेपालगन्ज, ३० असोज – नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ अध्यक्ष न्यौपानेले बताए । कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४...
हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
मितिः २०८२ असोज ३० गते, विहिबार तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ’त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्य...
जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ असोज – देश जेन–जी आन्दोलन पछिको त्रासलाई मेटाउने आम नागरिकहरुले विभिन्न उपायहरु अपनाईरहेको अवस्थामा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं. ५ का युवाहरुले पनि त्यसमा सक्रियता देखाउँदै भलिबल प्रतियोगिताको शुभारम्भ गरेका छन् । आज सोमबारबाट उद्घाटन गरिएको खेलमा १६ वटा टीमहरुले सहभागिता जनाएका छन् । उक्त खेल ३ दिनसम्म चल्नेछ भने प्रथम हुने टीमलाई नगद ६१ हजार १ सय रुपैयाका साथै ट्राफी, मेडल, प्रमाणपत्रबाट सम्मानित गरिने आयोजक टीमका अध्यक्ष बिक्रम ओलीले बताएका छन् । क्लबका अध्यक्ष ओलीका अनुसार दोस्रो हुने टिमका लागि ३१ हजार ३१ रुपैया नगद, प्रमाणपत्र, ट्राफी, मेडलबाट सम्मानित गर्नुका साथै युवाहरुमा लागू औषध बारे सचेतना फैलियोस भन्ने उद्देश्यका साथ भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेल जीवनमा स्वास्थ्य रहने प्रमुख माध्यम समेत रहेको बताउँदै खेलको आर्थ...
बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज

बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको शनिबार साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट पुनः बिमलकुमार टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । शनिबार भएको १५ औं र १६ औं साधारण सभा तथा अधिवेशनबाट टण्डन नेतृत्वमा अगामी तीन वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको जनाईएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, कोषाध्यक्षमा सन्तोषकुमार कनोडिया, सहसचिवमा रोजी बोस रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अविनाश चौधरी, रामशरण चौधरी, रौनक अली, दिनेशकुमार वैश्य निर्वाचित भएका छन् । साधारणसभामा २०८०÷२०८१ र ०८१÷०८२ को वार्षिक प्रतिवेदन कार्यालयका प्रबन्धक चेतनारायण चौधरीले प्रस्तुत गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन सँगै आर्थिक प्रतिवेदन...
जेन–जी आन्दोलन र राजनीतिक मोड

जेन–जी आन्दोलन र राजनीतिक मोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रमेश कुमार बोहोरा मिति २०८२ असोज २६ गते, आईतबार जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको राजनीतिक निहितार्थ बुझ्न नसके लोकतान्त्रिक प्रणाली फेरि एक पटक अन्योलको दलदलमा फस्न सक्छ । त्यसैले अहिलेको परिस्थितिको मूल्याङ्कन केवल भावनामा होइन, तथ्य, इतिहास र सन्दर्भका आधारमा गर्न आवश्यक छ । जेन–जी आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारीविहीन नेतृत्वविरुद्धको जनसंगठित असन्तोष थियो । जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्...