Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई चेक अनादर मुद्दामा जरिवाना, बिगो नभरे कैदमा जाने

नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई चेक अनादर मुद्दामा जरिवाना, बिगो नभरे कैदमा जाने

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ माघ – विगत २ वर्षदेखि नै बाँकेको सबैभन्दा चर्चित चेक अनादन मुद्दामा वादी राजेश कुमार जलानले न्याय पाउने भएका छन् । वादी जलानका अनुसार सोही लेनदेनको विषयलाई लिएर प्रतिवादी ईस्तियाक अहमद शाहले विभिन्न षडयन्त्र गरी मलाई धार्मिक मुद्दामा समेत फसाएर पनि अन्तिममा न्यायालयले मलाई न्याय गरेको छ । तर मैले माग दाबी गरे बमोजिम प्रतिवादीलाई जरिवाना सजाय मध्ये जरिवाना मात्र गरेको हुँदा चित्त नबुझेको हुँदा पुनः सजायंको माग गर्दै ‘बिगो वापत कैदमा राखी पाउँ’ भनी दरखास्त–पत्र २०८० साल कार्तिक १७ गते दर्ता गरेको बताउनुभयो ।यता आफ्नो चेक अनादर मुद्दाको फैसला देखाउँदै वादी जलानले श्री बाँके जिल्ला अदालतका माननीय जिल्ला न्यायाशिल सनतचन्द्र लवटले प्रतिवादी नरैनापुर गाउँपालिका वडा नं. २ मियापुरवा बस्ने वर्ष ५६ को ईस्तियाक अहमद शाहलाई रु. ३४,५०,००० (चौतिस लाख पचास हजार) बिगो तथा चेक बासन्स भएको मिति...
नेपालमा चिनियाँहरुको उपस्थितिले बढे अपराधिक घटना

नेपालमा चिनियाँहरुको उपस्थितिले बढे अपराधिक घटना

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेसँगै नेपालमा चिनियाँहरुको आवागमन बढ्दै गएको छ। चिनियाँहरुको आवागमन बढेसँगै नेपालमा अपराधिक घटनाहरुमा पनि वृद्धि भएको छ। यसरी नेपाल आउने चिनियाँ पर्यटकहरु भारतीय सीमा क्षेत्रमा पनि बढ्दो रहेको देखिएको छ। नेपालमा पछिल्लो समय बढ्दो आर्थिक अपराधका गतिविधिमा चिनियाँहरुको संलग्‍नता बढ्दोरुपमा देखिएको छ। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ। काठमाडौं महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन्। यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याइएको थियो। अपहरण गरिएकाहरुलाई प्...
म्यानमारमा नेपाली बेचबिखनमा सक्रिय चिनियाँ

म्यानमारमा नेपाली बेचबिखनमा सक्रिय चिनियाँ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ माघ – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ। उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश अपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन्। यसअघि सयौं चिनियाँहरु अपराधिक गतिविधिमा संलग्‍न भएको पाइएपछि पक्राउ गरिएको थियो। चिनियाँ सत्ताको दबाबमा यसरी अपराधिक गतिविधिहरुमा सक्रिय भएकाहरुलाई स्वदेश फिर्तासमेत गरिएको थियो। यसरी कुनै सजायबिना नै अपराधिक उन्मुक्ति पाएपछि अपराधका घटनामा संलग्‍नता थप बढेको तथ्यांकले देखाएको छ। चिनियाँ सुन तस्करहरुले पनि नेपाललाई आधार क्षेत्र बनाएको पाइएको छ। नेपालमा अपराधिक घटनामा संलग्‍न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन्। यसरी अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला ...
भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ माघ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको छ । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गर्नुभएको हो । सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पु¥याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताउनु भयो । आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उहाँको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ । गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताउनु भयो । भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सह...
नेपालमा चिनियाँहरुको अपराध रोक्न सरकारले ल्यायो कडा कानुन, अब प्रहरीले सिधै छापा मार्न सक्ने, यी हुन् शंकास्पद ठाउँहरु

नेपालमा चिनियाँहरुको अपराध रोक्न सरकारले ल्यायो कडा कानुन, अब प्रहरीले सिधै छापा मार्न सक्ने, यी हुन् शंकास्पद ठाउँहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – नेपालमा चिनियाँ नागरिकको अपराध रोक्न सरकारले कडा कानुन ल्याएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र अध्यागमन अधिकारीलाई आगामी दिनमा चिनियाँ नागरिकमा केन्द्रित हुने गरी नयाँ कार्यदिशा तय गरेका छन् । उनले नेपालमा चिनियाँ नागरिकले गर्ने विभिन्न आपराधिक र आर्थिक गतिविधिलाई रोक्नका लागि कुनै पनि चिनियाँ नागरिकमाथि स्वतन्त्ररुपमा छापा मार्न सक्नेगरी प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले कुनै पनि शंकास्पद चिनियाँ गतिविधिमा छापा मार्ने र कसैको डर र दबाब बिना स्वतन्त्र छापा मार्न सक्नेछ । गृहमन्त्रीले लागु गरेको नयाँ अप्रेसनको उद्देश्य नेपालमा चिनिया अवैध कार्यक्रमहरूलाई प्रभावकारी नियमन गर्न र चिनियाँ गैरकानूनी गतिविधिहरूलाई रोक्न तथा अवैध व्यापार सञ्चालन गर्न निरुत्साहित गर्नु रहेको गृह मन्त्रालयले जनाएको ...
डुडुवाको १५ औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगतिविवरण प्रस्तुत

डुडुवाको १५ औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगतिविवरण प्रस्तुत

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २६ माघ – डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०÷०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गर्नु भएको थियो । प्रस्तुत प्रस्ताव माथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो ।अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण१.गाउँपालिका बाट सञ्चालित घर–घर स्वास्थ्य कार्यक्रमबाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ।२. गाउँपालिकाबाट सञ्चालित स्वास्थ्य प्रयोगशा...
सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ माघ – भैरहवामा यसै बर्ष पाँच तारे होटल ‘सिद्धार्थ भिलाषा’, विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ ।२६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कार...
मेयर कपअन्तर विद्यालय फुटबलः सेन्ट जेभियर्स र मोडेल फाइनलमा

मेयर कपअन्तर विद्यालय फुटबलः सेन्ट जेभियर्स र मोडेल फाइनलमा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ माघ – मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । छात्रातर्फ मनकामना मावि, खजुरा फाइनलमा पुगेको छ ।नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगनज मोडेलले कृष्ण माविलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । धम्बोझी स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित ग¥यो । ४५ मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो । सेन्ट जेभियर्सका आशिष सुनार म्यादअफ द म्याच भए । उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धक प्रदीप छाजेडले पुरस्कृत गरे ।अर्को खेलमा नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइ बेकरमा ३–० गोलले पराजित ग¥यो । निर्धारित समयमा ...
समग्र विकासकाे लागि स्थानिय सरकार तथा सञ्चार संस्थाले हातेमालाे गर्नुपर्ने

समग्र विकासकाे लागि स्थानिय सरकार तथा सञ्चार संस्थाले हातेमालाे गर्नुपर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ - स्थानिय सरकारका जनप्रतिनिधि तथा सञ्चारकर्मीले एक आपसकाे भावना बुझेर मिलेर समग्र विकासमा हातेमालाे गर्नु पर्ने एक कार्यक्रममा जाेड दिईएकाे छ ।प्रेस चौतारी नेपालको २६ ओैं स्थपना दिवसको अवसरमा आयोजित मिडियाको दिगोपनका लागि जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा उक्त कुरामा जाेड दिईएकाे हाे ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउँदै आवश्यक्ता अनुसार नीति नियम निर्माण गरि अगाडि बढ्नु पर्ने बताएका छन् ।यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक हफ्ता भित्र सञ्चार विधि बनाएर संस्थागत रूपमा सम्पुर्ण सञ्चारसँग हातेमालो गरेर अगाडि बढने प्रतिबद्वता व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका...
नयाँ भारत: एक उदीयमान पावरहाउस रणनीतिक विकल्पहरू खुला राख्दै

नयाँ भारत: एक उदीयमान पावरहाउस रणनीतिक विकल्पहरू खुला राख्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ माघ – इन्डिया टुडे टिभीसँगको भर्खरैको अन्तर्वार्तामा, प्रख्यात इतिहासकार नियाल फर्ग्युसनले भारतको विदेश सम्बन्ध र यसको आर्थिक प्रक्षेपणको विकासशील गतिशीलताबारे चर्चा गरे। फर्ग्युसनका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको शक्ति कुनै पनि विशेष विदेश नीति, विशेष गरी संयुक्त राज्य अमेरिकाको लागि बिना शर्त प्रतिबद्धता गर्नुको सट्टा विकल्पहरू खुला राख्नमा केन्द्रित गरेको बताएका छन्। संयुक्त राज्य अमेरिकासँग बढ्दो निकटताको बाबजुद फर्ग्युसनले अमेरिकासँग भारतको सम्बन्ध 'परिदृश्यमा अत्यधिक आकस्मिक' र नाटो जस्ता परम्परागत गठबन्धनहरूको विपरीत, जहाँ प्रतिबद्धताहरू बाध्य छन्, भारतले अझ लचिलो दृष्टिकोणलाई प्राथमिकता दिएको छ। फर्ग्युसनले ब्रिक्स शिखर सम्मेलनमा भारतको सहभागिताले सन्तुलित दृष्टिकोण कायम राख्ने र कुनै एकल सहयोगीमा अत्याधिक निर्भर नहुने चाहना झल्किएको औंल्याएका छन्। ...