
काठमाण्डौ, २६ माघ – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ। उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश अपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन्।
यसअघि सयौं चिनियाँहरु अपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि पक्राउ गरिएको थियो। चिनियाँ सत्ताको दबाबमा यसरी अपराधिक गतिविधिहरुमा सक्रिय भएकाहरुलाई स्वदेश फिर्तासमेत गरिएको थियो। यसरी कुनै सजायबिना नै अपराधिक उन्मुक्ति पाएपछि अपराधका घटनामा संलग्नता थप बढेको तथ्यांकले देखाएको छ।
चिनियाँ सुन तस्करहरुले पनि नेपाललाई आधार क्षेत्र बनाएको पाइएको छ। नेपालमा अपराधिक घटनामा संलग्न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन्। यसरी अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला परेका छन्।

नेपाल र भारतमा गैरकानुनी काम गर्न धेरै चिनियाँले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र र राहदानी तयार पारेकासमेत खुलेको छ। सुन तस्करी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेका करिब १० चिनियाँले पनि मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको छ। उनीहरू नेपालमा सुन तस्करी र अन्य अपराधमा संलग्न भएको खुलेको छ।
चिनियाँहरूले स्थानीय अधिकारीहरूलाई घुस दिएर उत्तरी क्षेत्र (हिमाल) बाट नेपाली नागरिकताको नक्कली कागजात तयार गर्दैछन्। यस्ता चिनियाँहरूले आगामी वर्षहरूमा उत्तरी क्षेत्रको जनसांख्यिकी परिवर्तन गर्न सक्नेभन्दै जोखिम बढेको छ।
यसरी गैरकानूनी चिनियाँहरूले नेपाली कागजपत्रसहित भारतका विभिन्न क्षेत्रमा सरकारी सेवा लगायत भारतका विभिन्न क्षेत्रमा रोजगारी खोजि गरिरहेकोसमेत पाइएको छ। भारतले नेपालीलाई सन् १९५० को शान्ति सन्धि बमोजिम विभिन्न क्षेत्रमा रोजगारी दिने, घर निर्माण गर्न र जग्गा खरिदका लागि अनुमति दिएको छ। यसैको फाइदा उठाउँदै चिनियाँहरुले अपराधका गतिविधिहरु बढाउने गरेका छन्।
नेपालमा चिनियाँहरु अनलाइन ठगीका गतिविधिहरूमा समेत सक्रियता बढाएका छन्। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्न भएको पाइएको छ।
काठमाडौं महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन्। यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्याइएको थियो। अपहरण गरिएकाहरुलाई प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो।
नेपालमा आएर चिनियाँ नागरिक अपराधमा संलग्न देखिएको अपहरणको यो पछिल्लो घटना मात्र हो। अघिल्लो वर्षको फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए।
२०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न रहेको भन्दै काठमाडौँका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो। विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै सबैभन्दा ठूलो अपरेसन हो। २०७६ भदौ १५ बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिएका थिए।
२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे।
२०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे। टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए। नेपालपाना
