Wednesday, May 6सत्यम खबर
Shadow

नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई चेक अनादर मुद्दामा जरिवाना, बिगो नभरे कैदमा जाने

नेपालगन्ज, २७ माघ – विगत २ वर्षदेखि नै बाँकेको सबैभन्दा चर्चित चेक अनादन मुद्दामा वादी राजेश कुमार जलानले न्याय पाउने भएका छन् । वादी जलानका अनुसार सोही लेनदेनको विषयलाई लिएर प्रतिवादी ईस्तियाक अहमद शाहले विभिन्न षडयन्त्र गरी मलाई धार्मिक मुद्दामा समेत फसाएर पनि अन्तिममा न्यायालयले मलाई न्याय गरेको छ । तर मैले माग दाबी गरे बमोजिम प्रतिवादीलाई जरिवाना सजाय मध्ये जरिवाना मात्र गरेको हुँदा चित्त नबुझेको हुँदा पुनः सजायंको माग गर्दै ‘बिगो वापत कैदमा राखी पाउँ’ भनी दरखास्त–पत्र २०८० साल कार्तिक १७ गते दर्ता गरेको बताउनुभयो ।
यता आफ्नो चेक अनादर मुद्दाको फैसला देखाउँदै वादी जलानले श्री बाँके जिल्ला अदालतका माननीय जिल्ला न्यायाशिल सनतचन्द्र लवटले प्रतिवादी नरैनापुर गाउँपालिका वडा नं. २ मियापुरवा बस्ने वर्ष ५६ को ईस्तियाक अहमद शाहलाई रु. ३४,५०,००० (चौतिस लाख पचास हजार) बिगो तथा चेक बासन्स भएको मितिदेखि हुन आउने ब्याज समेतको फैसला गर्दै रु. २००० (दुई हजार) जरिवाना समेत गरेको बताउनुभयो ।


बाँके जिल्ला अदालतले दिएको फैसलामा ‘वादीले पेश गरेको सक्कल चेक हेर्दा प्रतिवादीले वादीलाई रु.३४,५०,०००।– को चेक दिएको देखिएको र ग्लोबल आईएमई बैंक लिमिटेडको पत्र हेर्दा प्रतिवादीको खातामा प्रयाप्त मौज्दात नभएको कारणले चेक भुक्तानी हुन नसकेको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिंदा यी प्रतिवादीले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने थाहा जानकारी हुँदा हुँदै वादीलाई चेक काटिदिई उक्त चेक भुक्तानी हुन नसकेकोले चेक अनादर भएको देखिन आयो ।’ भनी उल्लेख गरेको छ ।
यसैगरी विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ क मा ‘बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि प्रयाप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा वा त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंक समक्ष प्रस्तुत गर्दा प्रयाप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुनेछ’ भन्ने कानूनी व्यवस्था रहेको पाईन्छ । यसरी प्रतिवादीले दिएको चेक प्रयाप्त रकमको अभावमा सटही हुन नसकी अनादर हुन गएको देखिएबाट चेकमा उल्लेखित रकम र ब्याजसमेत वादीले प्रतिवादीबाट उल्लिखित कानूनी व्यवस्थाका आधारमा भरी पाउने नै देखिएन आयो’ भनी फैसलामा उल्लेख गरेको छ ।
‘अतः माथि विबेचित आधार र प्रमाणहरु समेतबाट प्रतिवादीले आप्mनो खातामा प्रयाप्त रकम नभएको भन्ने थाहा जानकारी पाउँदा पाउँदै वादीलाई तिर्न बुझाउनु पर्ने कर्जा लेनदेन वापतको चेक रकम रु. ३४,५०,०००।– (चौतिस लाख पचास हजार) को चेक थान–१ सम्बन्धित बैंकबाट प्रयाप्त रकम नभएको कारणले चेक भुक्तानी हुन नसकी चेक अनादर भएको देखिंदा वादीले प्रतिवादीबाट बिनिमय अधिकार पत्र ऐन २०३४ को १०७ क बमोजिम साँवा रु. ३४,५०,०००।– (चौतिस लाख पचास हजार) र सो रकम भरि भराउ हुँदासम्मको नियमानुसारको ब्याज समेत दिलाई भराई पाउने ठहर्छ । साथै सोही ऐन दफा १०७क बमोजिम प्रतिवादी ईस्तियाक अहमद शाहलाई रु.२०००।– (दुई हजार) जरिवाना समेत हुने ठहर्छ । सो ठहर्नाले अरुमा अपसिल बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरी दिएको छ’ भनी फैसलामा उल्लेख गरिएको छ ।

श्री बाँके जिल्ला अदालतद्वारा गरिएको फैसला प्रतिलिपि


नरैनापुर गाउँपालिका प्रमुख जस्तो पदमा पदासिन मो. ईस्तियाक अहमद शाहले आफ्नो पदको गम्भिरतालाई नबुझी थप त्यसलाई ढाकछोप गर्न बिभिन्न षडयन्त्रहरु अपनाउने भएको हुँदा उनी कस्तो मनसिकता भएको हुन सक्ने व्यक्ति भएको अनुमान सहजै रुपमा आम सर्वसाधारण नेपाली जनताले लगाउन सक्ने भनाई राख्दै कानून व्यवसायी वरिष्ठ अधिवक्ता भोला सिंह हमालको भनाई रहेको छ ।
वरिष्ठ अधिवक्ता हमालका अनुसार उक्त चेक अनादर मुद्दामा हालसम्म प्रतिवादीले बिगो नभरेको हुँदा हामीले वादीमार्फत पुनः बिगो वापत कैदमा राखी पाउँ भनी दरखास्त पत्र दर्ता गरिसकेको छौं, कानून माथि विश्वास भएको हुँदा छिट्टै प्रतिवादीले बिगो नभरे कैदमा जाने बताउनुभयो ।

श्री बाँके जिल्ला अदालतमा “बिगो वापत कैदमा राखी पाउँ” दरखास्त–पत्र दर्ता प्रतिलिपि

Leave a Reply

Your email address will not be published. Required fields are marked *