ऋणमा ल्याइएकाे ५ वटा चिनियाँ जहाज संचालन नभई बिक्रि गर्न पटक पटक बाेलपत्र
काठमाण्डौ, ७ फागुन – नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि ती जहाजहरू बिक्री हुने निश्चित नभएको कतिपयको भनाइ छ।निगमका अधिकारीहरू चाहिँ यसपालि जहाज बिक्री हुने आशामा छन्।
नेपाल सरकारले २०७१ सालमा अनुदान र ऋण सहयोगमा चीनमा निर्मित ६ वटा जहाजहरू ल्याएको थियो। अहिले ती विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ।प्रस्ताव नपरेपछि दोस्रो सूचना निगमले गत पुस ५ गते चीनबाट ल्याइएका जहाजहरू बिक्रीका लागि पहिलो पटक सूचना निकालेको थियो। उसले ती जहाजहरू खरिद गर्न चाहनेहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको थियो। “त्यस बेला प्रस्ताव नपरेकाले हामीले पुन: बोलपत्र आह्वान गरेका हौँ,” निगमका प्रवक्ता रमेश पौडेलले भने।निगमले गत माघ २३ गते निकाल...









