Friday, June 26सत्यम खबर
Shadow

आर्थिक

कृषि आधुनिकिकरणमा ब्यापक अनियमितता, सिमित कृषकलाई मात्र सुविधा

कृषि आधुनिकिकरणमा ब्यापक अनियमितता, सिमित कृषकलाई मात्र सुविधा

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
इनरुवा, २३ भाद्र – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीमा सञ्चालित कार्यक्रममा ब्यापक अनियमितता भएको स्थानीय कृषकहरुले गुनासो गरेका छन् । परियोजनाले करिब २ करोडको आर्थिक अनियमितता गरेको आरोप बाहिर आएको छ ।सुनसरीमा परियोजना इकाई सञ्चालन कार्यान्वयन इकाई मार्फत भएको कार्यक्रममा अनियमितता भएको आरोप बाहिर आएको छ । उक्त परियोजना इकाई कार्यालयमा धानजोन र अदुवा तथा बेसारजोन लगायतका नाममा अनियमितता भएको गुनासो बाहिर आएको हो । कृषकहरुले आर्थिक वर्ष ०७६÷०७७ मा परियोजना इकाई धानजोन कार्यालयबाट सम्पन्न भएको कार्यत्रमको नाम र बजेट सहितको विवरण प्रतिलिपि उपलब्ध गराउनुपर्ने, धानजोन सञ्चालक समितिले गरेको काम र इकाईले दिएको अनुदान सार्वजनिक गर्नुपर्ने, सम्पन्न गरेको कार्यत्रमको सम्पूर्ण विलभरपाईको प्रतिलिपि उपलब्ध गराउनुपर्ने, दुहबी नगरपालिका र गढी गाउँपालिकाका विभिन्न वडामा गरेको ...
आदर्श सञ्चार अनलाइनको वार्षिकोत्सव खर्च ढोरपाटनका पहिरो पीडितलाई

आदर्श सञ्चार अनलाइनको वार्षिकोत्सव खर्च ढोरपाटनका पहिरो पीडितलाई

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बागलुङ, २२ भाद्र – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डटकमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका पहिरो पीडितहरुका लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग संकलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले वक्तत्व मार्फत जानकारी दिनु भएको छ । संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरी क्षेत्र कै पहिलो सञ्चार सहकारी हो । सूचना तथा सञ्चारको संस्थागत विकाससँगै आम समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका क्षेत्रमा काम गर्ने लक्ष्य उद्देश्यका साथ संस्था स्थापना भएको हो ।सहकारीमार्फत सूचना, सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ २०६...
विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र – अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालका व्यवसायीहरुसँग छलफल गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधहरुसँगको प्रधानमन्त्रीले आज बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । उक्त छलफल कार्यक्रममा व्यवसायीहरुले लकडाउन कै बीचमा व्यवसाय तथा बजार खुकुलो बनाउनुपर्ने, उद्योग तथा व्यापार गर्नका लागि सहजता हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले कसरी यो बीचमा उद्योग व्यवसाय चलाउन सकिन्छ भनेर सुझाव पनि दिएका छन् ।व्यवासायीहरुले अहिलेको समयमा इकमर्श लगायतका व्यवसायमा सरकाकरै अवरोध देखिँदा थोरै भए पनि भइरहेको व्यापारमा प्रभाव परेकोबारे जानकारी दिइएको एक व्यवसायीले सेतोपाटीलाई जानकारी दिए ।त्यस्तै, व्यवसायीले विद्युतीय सवारी साधनमा लगाएको कर घटाउन पनि माग गरेका थिए। भर्खरै मात्र राजीनामा दिएर बाहिरिएका युवराज खतिवडाले विद्युतीय सवारी...
माईती नेपालबाट ५ सय ७७ महिला तथा बालबालिकाहरुको उद्धार

माईती नेपालबाट ५ सय ७७ महिला तथा बालबालिकाहरुको उद्धार

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २० भाद्र – “बन्दाबन्दिमा पनि हराउँदै महिला वालवालिका, मानव बेचबिखन तथा ओसार पसारको अन्त्यः, सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य ।” भन्ने मूल नाराका साथ मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्रिय दिवशको अवसरमा माइती नेपाल नेपालगन्जका, केशव कोईरालाद्वारा हार्दिक शुभकामना व्यतm गरिएको छ ।संयोजक कोईरालाद्वारा प्राय दिवशहरु खुशियालीका लागि मनाउने गरिएता पनि केही दिवशहरु दुख पिडा र समस्याबाट मुतिmका लागि चालिकएका कदमहरुलाई थप बल मिलोस, नयाँ–नयाँ योजनाहरु बनाउन सकियोस् भन्ने उद्देश्यका साथ बिभिन्न अभियानस्वरुप मनाउने गरिन्छ । यसै सन्दर्भमा मानव बेचबिखन बिरुद्धको १४ औ राष्ट्रिय दिवशमा हामी सबैलाई मानव बेचबिखन बिरुद्ध एकता बद्ध भई क्रियासिलताका लागि हार्दिक अपिल गर्दछौ भनी जारी विज्ञप्तीमा लेखिएको छ । तस्वीरः गुगलबाट बर्तमान कोभिड–१९ को महामारी रहेको अवस्थामा यस दिवशला...
अब २२ सय रुपैयाँमा कोरोना परीक्षण ! ‘सरकारले सबैको निःशुल्क परिक्षण गर्नुपर्छ’– पत्रकार खान

अब २२ सय रुपैयाँमा कोरोना परीक्षण ! ‘सरकारले सबैको निःशुल्क परिक्षण गर्नुपर्छ’– पत्रकार खान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – भेरी अस्पताल नेपालगन्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ ।भेरी अस्पतालमा सञ्चालित पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएसँगै अब आम सर्वसाधारणले कम शुल्कमा पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ । फाईल तस्वीर अस्पताल समितिको बिहीबार बसेको बैठकले पिसिआर परीक्षण शुल्क निर्धारण गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बिहीबारको बैठकले यस्तो निर्णय गरेको जानकारी गराउनुभयो ।उहाँका अनुसार शुक्रबारदेखि चाहेको व्यक्तिले कोरोना परिक्षण गराउन सकिने व्यवस्था भेरी अस्पतालमा मिलाएको बताउनुभयो । तर यसबारे सार्वजनिक सञ्चालनमा विरोध गरिएको छ । बुधबार स्वास्थ्य कार्यालय बाँक...
‘म जनताको गुलाम होइन’– वडाअध्यक्ष जुम्मन खाँ

‘म जनताको गुलाम होइन’– वडाअध्यक्ष जुम्मन खाँ

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँको लापरवाही र मनपरीले गर्दा वडाबासीहरु आक्रोशित भएका छन् । पटक–पटक समस्याको निकासका लागि भनसुन गर्दा समेत कुनै वास्ता नै नगरिएको गुनासो छताछुल्ल भएको छ ।केही समय अगाडी मात्र आफ्नो बिमा सिफारिसको लागि हस्ताक्षर गर्न पुगेका अधिवक्ता विश्वजित तिवारीले समेत ‘म जनताको गुलाम होइन, कि बिहानदेखि दस्तखत मात्र गरौं, सन्दर्भ कोरोना बिमा सिफारिस नेपालगन्ज वडा नं. ७ अध्यक्षको भनाई’ भनी सार्वजनिक सञ्चाल फेसबुक मै स्टाटस लेखेका थिए । वडा नं. ७ मा अध्यक्ष जुम्मन खाँको लापरवाहीको प्रमाण देखाउँदै वडाबासीहरु ।तस्वीर : सत्यम खबर सो स्टाटस सार्वजनिक भएसँगै अध्यक्ष खाँका विषयमा नानाथरीको भनाई गाली समेत गरिएको थियो ।यसैगरी वडा नं. ७ कै बासी मिरा श्रेष्ठले समेत वडाअध्यक्षको गैरजिम्मेवारीले गर्दा सरसफाईदेखि लिएर विकासका कार्यमा ...
छोरा बचाउन सहयोगको याचना गर्दै सोनी

छोरा बचाउन सहयोगको याचना गर्दै सोनी

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको पाईन्छ । कतिपयको घरबार बिहीन हुने अवस्था आएको छ भने कतिपयले आफन्तलाई गुमाई सकेको अवस्था विद्यमान रहेको पाईन्छ । विश्वमा करौडेले आफ्नो रोजगारी गुमाई सकेका छन् भने लाखा–लाखौ व्यक्तिहरु घरभित्र बसी भोकभोकै मर्ने अवस्थाको सृजना भएको छ । पीडित प्रमोद कुमार सोनी छोराको जीवन बचाउन याचना गर्दै । तस्वीर : सत्यमखबर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने प्रमोदकुमार सोनीको अवस्था पनि कसैबाट कम भएको आंकलन गर्न सक्ने अवस्था छैन् । उनी विगतमा सुनचाँदी पसलमा नोकरी गर्दै आएका थिए तर लकडाउनले गर्दा नोकरीबाट हात धुनु प¥यो । त्योसँगै भोकभोकै बस्ने अवस्थाको सृजना भयो । भोकै बस्न नपरोस् भनी ठाउँ–ठाउँमा सहयोगको याचना गर्न पुग्छन् ।सहयोगको याचना गर्नुपर्ने अर्को कारण पनि रहेछ, त्यो कारण हो उनको छोरा । जो जन्मदेखि नै मुटुमा प्वाल (छेद) भए...
युनेस्कोद्धारा कोभिड-१९ प्रतिकार्य र पुनर्स्थापना परियोजना सञ्चालन

युनेस्कोद्धारा कोभिड-१९ प्रतिकार्य र पुनर्स्थापना परियोजना सञ्चालन

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगञ्ज, १५ भाद्र - कोविड १९ रोकथामको लागि जोखिममा रहेको समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि बाँके युनेस्को क्लबले बाँकेको बैजनाथमा कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना सञ्चालनमा ल्याएको छ ।प्लान इन्टरनेसनल नेपालको साझेदारीमा शुरु गरिएको सो परियोजनाबाट जोखिममा रहेको समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि युवा, बालिका, र समुदायको सहभागिता तथा नेतृत्वको विकासमा सबलीकरण गरिने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सा परियोजनामार्फत कोभिड १९ को बिपतको अवस्थामा पनि लैंगिक समानताका मुद्दालाई सम्बोधन गरि सुनिश्चित गर्ने उद्देश्य रहेको बताउनुभयो ।संरक्षक सिद्दिकीले कोभिड-१९ का कारण अति जोखिममा रहेका परिवारलाई दैनिक जीविकोपार्जनको लागि आय आर्जन र कृषि प्रबर्धनमा परियोजनाले सहयोग गर्ने बताउनुभयो ।सो परियोजना अन्तर्गत बैजनाथ गाउँपालिका वडा न. १ र २ का का ...
आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – काठमाडौंस्थित आदिम कलेजले छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिए । ‘कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको हो’ प्रिन्सिपल शर्माले भने । सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईनेछ । ‘हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं’ दाहालले भने, ‘यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, हामीले अभिभावकहरुको समस्या पनि बुझ्नुपर्दछ ।’कलेजले विद्यालय तहमा कक्षा ११ र १२ म...
पूर्वमन्त्री राईद्वारा पुनः चुनौती, प्रष्टयाई गर्न नसके राजनीतिक जीवनबाट सन्यास

पूर्वमन्त्री राईद्वारा पुनः चुनौती, प्रष्टयाई गर्न नसके राजनीतिक जीवनबाट सन्यास

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १२ भाद्र – आफ्नो मर्यादालाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बाँकेका क्षेत्र नं. २ का संघीय सांसद मोहमद ईस्तियाक राईले गलत निर्णय गरेका कारण भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको डेढ करोड रकम फ्रिज भएको आरोप लगाएका छन् । शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणाले भने,–‘सांसद मोहम्मद राईले उपमहानगरभित्र दिएको सम्पूर्ण योजना कार्यान्वयन गराउने तर सोही निर्णय कार्यान्वयन नगराउने भन्ने होइन, उहाँले रकम कोभिडको खातामा हाल्दिनालाई पत्र लेग्नु पर्ने थियो । उहाँले त्यसो गरेको भए कोलेनिकालाई पत्र लेख्दा उपमहानगर कोभिडको खातामा पैसा आउँथ्यो । तर भेरी अस्पतालको लागि भेन्टिलेटर किन्ने निर्णय गरिदिनु भए छ, त्यसो निर्णय उहाँले गर्न पाउनु हुन्न, सो निर्णयलाई कोलेनिकाले स्वीकार गर्ने अवस्था नै थिएन ।’ मेयर डा. ...