Sunday, April 26सत्यम खबर
Shadow

आदर्श सञ्चार अनलाइनको वार्षिकोत्सव खर्च ढोरपाटनका पहिरो पीडितलाई

बागलुङ, २२ भाद्र – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डटकमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका पहिरो पीडितहरुका लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग संकलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले वक्तत्व मार्फत जानकारी दिनु भएको छ ।


संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरी क्षेत्र कै पहिलो सञ्चार सहकारी हो । सूचना तथा सञ्चारको संस्थागत विकाससँगै आम समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका क्षेत्रमा काम गर्ने लक्ष्य उद्देश्यका साथ संस्था स्थापना भएको हो ।
सहकारीमार्फत सूचना, सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ २०६३ मंसिरमा स्थापना भएको संस्थाले स्थापनाको शुरुवातदेखि (२०६३ फागुन २३) धौलागिरी जागरण दैनिक, २०६८ भदौदेखि अग्रसर साप्ताहिक, २०७० असोजदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको र २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार अनलाइन (धधध।बबमबचकजबकबलअजबच।अयm) सञ्चालन गर्दै आइरहेको छ ।
तिव्र प्रविधिको विकास र समयको माग अनुसार डिजिटल पत्रकारिताको बोध गरी आदर्श सञ्चार अनलाइन शुभारम्भ गरिएको आज पहिलो वार्षिकोत्सवको दिन हो अध्यक्ष जिसीद्वारा जारी वक्तत्वमा भनिएको छ, कोरोना संकट र जिल्लाको ढोरपाटनमा आएको बाढीको विपत्तिका कारण वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम नगरी यसमा लाग्ने खर्च बापतको रकम संस्थाका तर्फबाट र थप रकम संस्थाका परोपकारी मनबाट प्रेरित शेयर सदस्यहरुबाट गरि कुल रकम १,५१,१५÷– (अक्षरुपी एक लाख एकाउन्न हजार एक सय एकाउन्न मात्र) ढोरपाटनका बाढी पीडितको राहतका लागि प्रदान गर्ने घोषणा गर्दछौ ।
साथै संस्थाद्वारा सञ्चालित सञ्चार माध्यमको संस्थागत विकासमा निरन्तर खट्ने सम्पादन मण्डल, हाम्रा प्रिय पाठक, बिज्ञापनदाता, स्तम्भकार, शुभचिन्तक शुभेच्छुक लगायत सहयोग, समन्वय र सहकार्य गर्ने सरकारी, सहकारी र निजी क्षेत्रका कार्यालय, संघ संस्था सबैमा संस्थाले आभार प्रकट गरेको छ । नागरिकले समय सापेक्ष रुपमा अपेक्षा गरेको पत्रकारिताको तिर्सना मेटाउन सही समयमा सही सूचना दिनुको कर्तव्य र दायित्वबाट जस्तै बिषम परिस्थितिमा पनि बिचलित नहुने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *