Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

भोलिदेखि होटल रेष्टुरेन्ट खोल्न पाईने

भोलिदेखि होटल रेष्टुरेन्ट खोल्न पाईने

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३१ भाद्र – असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिए । तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ । सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ ।चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रेष्टुरेन्ट बन्द रहँदै आएका थिए । बीचमा साउन १५ गतेदेखि यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएपछि विभिन्न जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेपछि पुनः बन्द गर्न बाध्य पारिएको थियो ।जिमखाना, सिनेमा ...
कोरोनाकालमा राप्तीसोनारीका प्रशासकीय अधिकृतको गाडी मोह

कोरोनाकालमा राप्तीसोनारीका प्रशासकीय अधिकृतको गाडी मोह

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, ३० भाद्र– कोरोनाको महामहारीले देश संकटमा परेकाे बेला राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको गाडी मोह देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला जोखिम व्यवस्थापन कम गर्न रकम अभाव भइरहेको बेला राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले स्कार्पियो गाडी खरिद गरेका छन् । महामारीका बेला अधिकृत बस्नेतले गाडी खरिद गरेपछि राप्तीसोनारी गाउँपालिका स्थानीयलगायत जनप्रतिनिधि समेत रुष्ट बनेका छन् । ४४ लाख ९५ हजार रुपैयाँ परेको उक्त गाडी भुसाल इन्टरनेशनल नेपालगन्जबाट खरिद भएको जिन्सी शाखाका महेन्द्र खड्काले बताए ।गाडी खरिदका लागी गाउँपालिका बोर्ड बैठकबाट पारित गराउनु पर्ने भए पनि प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधिलाई थाहै नदिई गाडी किनेको आरोप लागेको छ । ठूलो रकम खर्च गर्दा अनिवार्य रूपमा बोर्ड बैठकबाट पास गराउनु पर्छ । असार मसा...
करचुक्तालगायत सेवा आजबाट संघद्वारा सञ्चालन

करचुक्तालगायत सेवा आजबाट संघद्वारा सञ्चालन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३० भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र आज मंगलबारदेखि सञ्चालन गरिएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको आज मंगलवार रिवन काटेर उद्घाटन गरेका छन् । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बिस लाखसम्म ब्यावसायी कारोबार गर्ने (डे वान फारम भर्ने) कर चुक्ता प्रमाण पत्र, प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्ने जस्ता सेवाहरु अबदेखि संघबाट नै व्यापारीहरुलाई प्रदान गरिने आशा ढकालले बताउनुभयो । व्यापारी वर्गहरुलाई सहजता तथा छिटोछरितो काम सम्पन्न होस् भनी पहिलो पटक उक्त सेवा नेपालगन्ज उद्योग वाणिज्य संघबाट सञ्चालन गरिएको भन्दै अध्यक्ष मन्सुरीले बढिभन्दा बढि सेवाग्राहीलाई लाभ उठाउन अनुरोध गरेका छन् ।यसअघि यि सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुन...
एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने बाँकी उपचारको बिल बुझाए पाइने

एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने बाँकी उपचारको बिल बुझाए पाइने

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ भाद्र – १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् । बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन् । आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो । ‘पिसिआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ’ अधिकारीले सेतोपाटीसँग भने । तर संक्रमित घरमा वा होटलमा बसेक...
कोरोनाको जोखिम बिच सेवाग्राही

कोरोनाको जोखिम बिच सेवाग्राही

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – बाँकेमा दैनिक रुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या दैनिक रुपमा बढे पनि भिडभाड र लापरवाहीको श्रृंखला भने रोकिएको छैन् । जसका कारण संक्रमणको जोखिम थप बढेको छ । भीडभाड हुने कार्यालयमा कोरोना भाइरसको संक्रमण देखिरहेका बेला नेपालगन्जको त्रिभुवन चोकमा रहेको ग्लोवल आइएमी बैकमा देखिएको दृष्यले एकछिन झस्काउँथ्यो । जनताले सेवा पाउनु पर्छ तर बैंकका कर्मचारी सुरक्षितरुपमा भित्र बस्ने तर बैंकमै हुने त्यो भीडभाड व्यवस्थापन नगर्ने प्रवृत्तिले भने जोखिम थप बढाएको सहजै अनुमान लगाउन सकिन्छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित गराउने सवालमा बैंक व्यवस्थापक गैरजिम्मेवार देखिएको छ । एकजना सेवाग्राही भन्दै थिए, कर्मचारी सबै भित्र सुरक्षित बसेर सेवा दिएका छन् हामीलाई जोखिममा पारेका छन् ।बैंकले अगाडीबाट सेवा दिन छाडेर आफुहरु सुरक्षित हुन पछाडीब...
रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – जिल्ल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, दाँत, नांग्रासहित ५ जनालाई पक्राउ गरिएको छ ।आईतबार जिल्ला प्रहरी कार्यालय कै प्रा·णमा गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख ओमबहादुर रानाले बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) सहित ५ जनालाई पक्राउ गरिएको बताउनुभयो । घटनामा संलग्न पक्राउ पर्ने ब्यक्तिहरु जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ का कृष्ण वली, वडा नं.९ वस्ने वर्ष २८ का ईन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगा न.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जयबहादुर कामी, वर्ष २५ को गणेश वि.क., वडा नं.१२ वस्ने वर्ष ३६ को देवबहादुर बाँठा रहेको बताउनुभयो । देवबहादुर बाठा, गणेश बि.क., जयबहादुर बि.क. र कृष्ण बलीलाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको क...
प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन सम्पन्न युवाहरु स्वदेश मै उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड

प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन सम्पन्न युवाहरु स्वदेश मै उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – नेपाल युवा परिषद, मास्टर पिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं. ५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र बढैयाताल गाउँपालिकाको सहकार्यमा प्रदेश नं.५ माप्रदेश युवा सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ । सो सम्मेलनको समापन समारोहका प्रमुख अतिथि प्रदेश नं.५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले युवाहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संंघीय सरकारले आफनो क्षेत्रमा परिचालन गर्न सक्नु पर्ने र युवाहरु स्वदेश मै केही उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनु पर्ने र युवाको असिमित क्षमतालाई आप्mनै देशमा लगाउन सक्ने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।त्यसैगरी बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरले वर्तमानमा युवामा लगानी गर्...
लकडाउनमाथि पुनर्विचार गर्न अनुरोध

लकडाउनमाथि पुनर्विचार गर्न अनुरोध

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – उपभोग्य एवं अत्यावश्यक उत्पादन तथा बिक्री वितरण कार्य प्रभावित भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक लकडाउनमाथि पुर्न बिचार गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । वाणिज्य संघको बिहिबार बसेको बैठकले आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको छ ।अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा बसेको संघको बैठकले उपभोग्य एवं अत्यावश्यक उत्पादनको बिक्री वितरण गर्ने कार्य प्रभावित भएकोको भन्दै असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन तथा शुक्रबार र शनिबारको निषेधाज्ञाको विषयमा पुर्नविचार गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पुर्नबिचार गर्न आग्रह गरेको छ ।...
डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ भाद्र – डुडुवा–६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिन मै भत्किएको छ । डुडुवा गाउँपालिका वडा न–६ स्थित बल्दीपुर्वामा ठेक्कामार्फत निर्माण भएको नाली बनेको ४ दिन मै भत्किएको छ ।गाउँपालिकाकाको योजना अनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका अनुसार ४–५ दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ । कामको गुणस्तरीयता नभएको स्थानीयको आरोप छ । नालीसँगै ढलान गरिएको पिपिसि बाटो समेत फुटेको छ । एकतिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेशकुमार यादवले बताउनुभयो ।हिरमिनिया चौकीदेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो । त्यस्तै निर्माण गरिएको संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो छ तर मुख्य बाटोसं...
नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २३ भाद्र – बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवाद राष्ट्रिय सूचना आयोगमा पुगेको छ ।भत्ता, करार कर्मचारी, गाउँपालिकाको शहरी कार्यालय लगायत भ्रष्टाचार जन्य कार्यको चौतर्फी आलोचना भइरहँदा गाउँपालिकाले विभिन्न ब्यक्तिहरुले मांग गरेको सूचना उपलब्ध नगराएर झन विवादमा तानिएको हो । स्थानीय बासिन्दा गुरुमूरत यादव, फारुक अहमद खाँ, वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, पत्रकार विनय दीक्षित लगायत ब्यक्तिहरुले फरक फरक सन्दर्भमा मांग गरेको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ ।मांग गरिएका र कानून बमोजिम दिन मिल्ने सूचना समय भित्र उपलब्ध गराउनु पर्नेमा गाउँपालिकाले सो बारे मौनता कायम राखेको गुरुमूरत यादवले बताए । मैले गाउँपालिका क्षेत्रमा जडान भएका र जडान हुन बाँकी भई खरीद प्रक्रियामा रहेको सौर्यउर्जा बारे सूचना...