Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आर्थिक, प्रदेश ३, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, ५ बैशाख – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको संस्थाले जनाएको छ ।सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर...
कोरोनाको नाममा सर्वसाधारणलाई सास्ती, ठेकेदारहरु आर्थिक लाभ लिने स्वार्थमा

कोरोनाको नाममा सर्वसाधारणलाई सास्ती, ठेकेदारहरु आर्थिक लाभ लिने स्वार्थमा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पूर्णप्रसाद ढकालनेपालगन्ज, २९ चैत – दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि आफू र आफ्नो समाजलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने चिन्ता नलिई केही ठेकेदारहरुले कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने तर्पm लागेको देखिन्छ ।चैत्र महिनाको मात्र (कोभिड–१९) कोरोना भाईरसको ग्राफको ऊचाई हेर्ने हो भने १ सय ५५ जनामा संक्रमण पृष्टि भएको र २४ घण्टा अगाडी मात्र दुल्लू ७ दैलेख की ७३ वर्षिय महिलाको भेरी अस्पतालमा मृत्यु भईसकेको तथा चैत महिनामा मात्र नेपालगंज र बाहिरका गरी २ जनाको मृत्यु भईसकेको बाँकेका फोकलपर्सन तेल ओलीले बताउनुभयो । फाईल फोटो तर त्यसको कुनै वास्ता नै नगरी नरैनापुर गाउँपालिकामा जहाँ स्वास्थ्य मापदण्ड अनुसार कुनै सेवा सुविधा उपलब्ध छैन, त्यस पिछडिएको विकट ठाउँमा राष्ट्रपति रनि· शिल्ड प्रतियोगिताको आयोजना गरिने तयारी भईरहेको स्टाटस स्थानीय गुरमुरत यादवले लेख्छन् ।त्यसैगरी बाँकेमा रहेका गैर ...
नरैनापुरका अग्नी पीडितलाई सेभ द चिल्ड्रेनको सहयोग

नरैनापुरका अग्नी पीडितलाई सेभ द चिल्ड्रेनको सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २६ चैत - बाँकेको नरैनापुर गाउँपालिका ४ खोदाँवामा गत शनिबार भएको आगलागीबाट पीडित १ सय २० घर परिवारलाई बिहीवार राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेनकोे आर्थिक सहयोगमा सामाजिक बिकास मञ्च बाँके, नेपाल रेडक्रस सोसाईटी तथा जिल्ला बिपद ब्यवस्थापन समिति बाँकेको समन्वयमा पिडित परिवारलाई पानी छान्ने फिल्टर तथा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक, झोला लगायतको सामग्री बितरण गरिएको सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत फुलकुमारी चौधरीले बताईन । बितरण गरिएको सामग्रीहरुमा १०० जना परिवारलाई पानी छान्ने फिल्टर, २ बर्षसम्मका ५० जना बालबालिका, ३ देखि ५ बर्षसम्मका ५० जना बालबालिकाहरुको लागि न्यानो कपडाको सेट बितरण गरिएको सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत चौधरीले बताईन । यस्तैगरि कक्षा १ देखि ५ सम्मका ४० जना छात्रा तथा ४० छात्र गरि ८० जना बिद्यार्थीहरु झोला, बिद्यालय पोशाक, कपि, कलम, पेन्सि...
कोइला अभावको मारमा बाँकेका ईट्टा व्यवसायी

कोइला अभावको मारमा बाँकेका ईट्टा व्यवसायी

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ चैत – “काँचो ईट्टा तयार भएर पनि पकाउन चाहिएको कोईला आफूसित सिजन कै बेला नभएपछि अब कस कहाँ हारगुहार गर्न जाने” भनी प्रश्न यतिबेला बाँकेका ईट्टा उद्योगीहरुले गरिरहेका छन् ।भारतको विभिन्न राज्यबाट नेपाललाई सप्लाई गर्दै आईरहेको कोईला भारत सरकारले रोक लगाएपछि लुम्बिनी प्रदेशका ईट्टा व्यवसायीहरुलाई समस्या भईरहेको श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले बताउनुभयो ।सञ्चालक सिंहका अनुसार हाल भारतका कोईला व्यवसायीहरुले उपलब्ध गराउँदै आएको कोईला भारत सरकारले रोक लगाएपछि सिजन कै बेला तयार भएको काँचो ईट्टा समेत पकाउन नपाएको बताउँछन् । सञ्चालक सिंहले भन्नुभयो– “भारतको बंगाल, गुहाटी, वनारसको डिपो, झारखण्डको धनवादलगायतका स्थानहरुबाट कोईला आउने गरेको छ । तर रोक लगाएपछि अब यहाँका ईट्टा उद्योगीहरुलाई समस्या परेको बताउनुभयो ।” अब तेस्रो मुलुकबाट कोईला ढुवानी भईरहेको अवस्था विद्य...
सातवर्षे बालकलाई ‘ब्लड क्यान्सर’, आर्थिक सहयोग गरिदिन परिवारको अपिल

सातवर्षे बालकलाई ‘ब्लड क्यान्सर’, आर्थिक सहयोग गरिदिन परिवारको अपिल

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १३ चैत – उपचारको लागि १४–१५ लाख लाग्छ । दैनिक किमो गराउन २२ हजार रुपैयाँ लाग्ने गरेको छ । सात वर्षे बालकको ज्यान जोगाउन आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।हातमा टिफिनको बट्टा, पिठ्युमा झोला अनी स्कूले ड्रेस नलगाएको पनि महिनौ भइसक्यो । अहिले उनको शरिर भरी जीवन बचाउने सुई छन् । एक मुठी प्राण बचाउन किमोको भरमा रोगी जीवन चलिरहेको छ । बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसादमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् । डेभिड गोल्डेन फिचर निवुबामा कक्षा २ मा अध्ययनरत छन् ।फागुन पहिलोसाता तिरको कुरा हो, उनी सधै झै उज्जवल भविष्य निर्माणको लागि विद्यालय गएका थिए । विद्यालयमा गएको बेलामा उनको अनुहारमा एक्कासी समस्या देखिन थाल्यो । उनको अनुहारमा घरि रातो, घरि निलो र घर कालो हुने समस्या देखिन थाल्यो । घरको कान्छो छोरालाई ए...
१८ लाख ५० हजार वरावरको खोज तथा उद्दार सामाग्री हस्तान्तरण

१८ लाख ५० हजार वरावरको खोज तथा उद्दार सामाग्री हस्तान्तरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ चैत्र – जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले वताउनुभयो । विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का वेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० न गणलाई...
५ नं. वडा कार्यालयको भवन निर्माण शुरु

५ नं. वडा कार्यालयको भवन निर्माण शुरु

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
डुडुवा, ४ चैत – बाँकेको डुडुवा गाँउपालिका ५ नं वडा कार्यालयको प्रशासनिक भवनको निर्माण कार्य शुरु भएको छ । नानापुरस्थित निर्माण थालिएको भवन गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी र वडाध्यक्ष प्रशुराम बुढाथोकीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।भवनको शिलान्यास गर्दै गाँउपालिका अध्यक्ष चौधरीले वडा कार्यालयको आफ्नै भवन नभएकाले दैनिक कार्य सञ्चालन गर्नमा समस्या भएपछि भवन बनाउन लागेको बताउनुभयो । उहाँले कार्यालयको भवनको सुविधा भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहजतासँगै गुणस्तरियता बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले भौतिक पूर्वाधारसहित सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत क्षेत्रको विकास एवम् विस्तार गरी पालिकालाई नमूनाका रुपमा बनाउन गाउँपालिका लागि परेको बताउनुभयो । करिब तीन कठठा जग्गाको क्षेत्रफलमा निर्माण हुन लागेको ५ कोठे भवनको निशान निर्माण सेवा मुगुले ठेक्का लिएको ...
खप्तड छेडेदह नमूना गाउँपालिका घोषित

खप्तड छेडेदह नमूना गाउँपालिका घोषित

आर्थिक, प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार
बाजुरा, २९ फागुन – खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको छ । बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो । जम्मा ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सूदु...
डुडुवाको आठौ गाउँसभाबाट ऐन, निति, बजेट संशोधन र प्रगति प्रतिबेदन पारित

डुडुवाको आठौ गाउँसभाबाट ऐन, निति, बजेट संशोधन र प्रगति प्रतिबेदन पारित

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, २८ फागुन – बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रबद्र्धन सम्वन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गर्नुभएको ऐन र नितिलाई पारित गरिएको हो । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखा अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, बन तथा बातावरण र विकास निर्माणका योजना लगायतका बारेमा प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ । गा...
समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
पोखरा, २५ फागुन – भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारका बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ ।राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो– ‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’ मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्ष...