
शिवराज साहु
नेपालगन्ज, १२ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको केक एण्ड बेकरीका सञ्चालक तथा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि अतुलकुमार गुप्ताले भेरी अस्पताललाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
पछिल्लो समय कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभाव भएर बिरामीलाई समस्या हुन थालेपछि गुप्ताले व्यक्तिगत तर्फबाट भेरी अञ्चल अस्पतालका निर्देशक डा प्रकाश थापालाई २० थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरि सहयोग उपलब्ध गराएका हुन् ।

अक्सिजन हस्तान्त्रण गर्दै गुप्ताले आईतबार आफूले विभिन्न मिडिया र सामाजिक सञ्जालमा अस्पतालमा अक्सिजन अभावका कारण बिरामीहरु समस्यामा परेको थाहा पाएपछि उक्त सिलिन्डर सहयोग गरेको बताए ।
उनले यस समस्याको घडीमा सबै मिलि अक्सिजन खरिद तथा सहयोग गर्न सम्पूर्ण समुदायलाई आग्रह समेत गरेका छन् । यो महामारीको समयलाई सबै एकजुट भएर सामना गर्न उनले आग्रह समेत गर्नुभयो ।
