Monday, April 27सत्यम खबर
Shadow

भेरीलाई कमला पाण्डेको आर्थिक सहयोग

खजुरा, १२ बैशाख – खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६ सय १२ रुपैयाँ सहयोग गरेकी छिन् । जापानमा रहेकी उनले खजुरा गाउँपालिका प्रमुखमार्फत सहयोग रकम भेरी अस्पताललाई प्रदान गरेकी हुन ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सो रकम बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहवरमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरे ।


जिल्ला प्रशासनमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रम बाँकेका प्रहरी प्रमुख ओम राना खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार सहभागी थिए ।
तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा खजुराकि इन्चार्जसमेत रहेकी पाण्डेले आफ्नो छोरालाई सर्पले टोकेको बेला जसरी बचाएको थियो हाल संकटको बेला पनि सबै नागरिकको ज्यान जोगाउन होस्टेमा हैसे गरेको उनले बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *