कोरोना प्रभावित अति बिपन्न परिवारलाई सहयोग
काेहलपुर, १५ अषाढ - कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रमअन्तर्गत रुम टु रिडले सो सामाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कोहलपुर नगरपालिकाका विभिन्न वडामा रहेका अति विपन्न २९ घरपरिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताउनुभयो । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको आचार्यले जानकारी दिनुभयो ।
वितरण गरिएको सामाग्रीमा प्रत्ये...









