समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव
नेपालगन्ज, १६ असार – लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरिएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिम उदघाट्न कार्यक्रम सम्पन्न गरिएको छ ।
सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन् ।
कार्यक्रममा सहभागीहरूका अनुसार, “लैंगिक हिंसा बढ्नु पर्ने एउटा मुख्य कारण आवाज दबिनु हो । त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ ।”
कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका ...









