Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

“नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी”

“नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी”

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असार –नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।’ अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। २०७५ साल मंसिरमा आठ वर्षसम्म नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना ओगटेर काम सम्पन्न नगरेपछि चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना भराए। २०७६ साल साउन ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक दुईवटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्यो। सानझेन फारद इलेक्ट्रिक र हिउझोउ झोङचेङ इलेक्ट्रिोनिक दुवै चिनियाँ कम्पनी विद्युत प्राधिकरणको सिफारिसमा कालोसूचीमा परेका थिए। यस्तै हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्णमा चरम लापर्वाही गरेर यो आयोजनालाई घर न घाटको बनाएको सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनोमिक ट्रेड पनि ...
कपास बिकास समितीको निरीक्षण

कपास बिकास समितीको निरीक्षण

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
खजुरा, ६ असार - कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका उपसचिव आदरणीय निर्मल न्यौपाने,उपसचिव बिष्णुहरि उपाध्याय, शाखा अधिकृत जगत भुसाल तथा कृषिमन्त्रालयको अन्य कर्मचारीद्वारा कपास बिकास समितीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । प्रत्येक्ष मेसिनहरुको अवस्थाहरु के छ र यसको आन्तरिक ब्यबस्थापनका बारेमा, कपासको बास्तबिक समस्या तथा यसको तत्कालीन अवस्थाको बारेमा बुझ्न बर्दिया आएको मौका छोपी हामी आएको शाखा अधिकृत जगत भुसालले भन्नू भयो । कपास बिकासको अवस्थाको बारेमा कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी दिनु भएको थियो र कपास बिकास समितीप्रती सधैं सकारात्मक भएको उपसचिव निर्मल न्यौपानेले भन्नू भयो भनी कपास बिकास समितीका अध्यक्ष हेमन्तराज काफ्ले जानकारी दिनु भयो ।...
चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – चीनले भत्कायो ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजारकाशगर । चिनियाँ अधिकारीहरूले सिनजियाङको काशगर क्षेत्रमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्काइदिएका छन्। स्याटेलाइट तस्बिरहरुले बजारमा नाटकीय परिवर्तनहरू देखाएको र भवनहरू र स्टलहरूको छाना हटाउनेसहित ४ अप्रिल र ४ मेमा खिचिएका तस्बिरहरू बीच रेडियो फ्री एशियाले प्लानेट ल्याबलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। ओएसिस सहरमा रहेको यो बजार सिन्जियाङको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार बजार हो। जसमा २५० एकड जमिनमा ९ हजारभन्दा बढी उत्पादनहरू बिक्री गर्ने चार हजार पसलहरू थिए। प्रतिवेदनका अनुसार त्यहाँबाट बिक्री हुने वस्तुमा मसला, चिया, रेशम, सुक्खा फल, गलैंचा, संगीत वाद्ययन्त्र, मध्य एसियाका कपडा र परम्परागत स्कुलक्याप रहेका छन्। यसको स्थानमा नयाँ पर्यटकीय आकर्षण निर्माण हुने आरएफएले स्थानीय अधिकारीलाई उद्धृत गर्द...
विकास योजना निर्माण तिव्र, पालिकाद्धारा अनुगमन

विकास योजना निर्माण तिव्र, पालिकाद्धारा अनुगमन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
डुडुवा, ५ असार – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो । आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निर्माण भईरहेका छन । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निर्माण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ । ...
कपास किसानलाई एक दिने तालिम सम्पन्न

कपास किसानलाई एक दिने तालिम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पटौली (राजपुर दाङ्ग), १ असार - कपास विकास समितिद्वारा एक दिने तालिम स्थानीय कपास किसानहरूलाई दिईएकाे छ । कपास बिकास समितिका अधिकृत बिजयकुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यालय अध्यक्ष हेमन्तराज काफ्लेको प्रमुख अतिथ्यिमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए । किसानलाई माटो कसरी छनोट गर्ने, कस्तो तरिकाले लगाउने, कति दाना बीउ हाल्ने, कति दुरि, कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजयकुमार जोशीले कपास लगाई सके पछि हुने चुनौतीहरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमणबाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहाम...
“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् । ...
पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं.१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७ कक्षा सम्म अध्ययनरत १ सय २३ जना मध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु. ४००÷– रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको सो बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीले बताउनु भएको छ । बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं.१८ का वडाध्यक्ष दिपक वर्माले छात्र वितरण गर्नु भएको थियो । सो अवसरमा जेष्ठ २९ गते नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली बर्मा(कुर्मी) ले बिद्यालयलाई २ ...
भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ जेष्ठ –चिनियाँ ऋणले आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई भारतले अतिआवश्यक स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भ...
भारतको सहयोगमा श्री पूर्णेश्वर माविको भवन उद्घाटन

भारतको सहयोगमा श्री पूर्णेश्वर माविको भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ जेष्ठ – पर्वतको श्री पूर्णेश्वर माध्यमिक विद्यालयको कम्युटर भवनको उद्घाटन भएको छ । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गतको परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रव...
नेपाली टोली भारतको खाद्य सुरक्षा प्रणाली अध्ययन गर्दै

नेपाली टोली भारतको खाद्य सुरक्षा प्रणाली अध्ययन गर्दै

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ जेष्ठ – भारतले चलाएको खाद्य सुरक्षा कार्यक्रमबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको नेतृत्वको नेपाली टोली नयाँदिल्ली पुगेको छ । विश्व खाद्य कार्यक्रमको संयोजनमा नेपाली टोलीलाई भारतले अपनाएको खाद्य सुरक्षा रणनीतिबारे जानकारी गराइँदैछ ।भारतको खाद्य सुरक्षा ऐन २०१३ अन्तर्गत चलाइएको लक्षित वर्गसम्म खाद्यान्न पु¥याउने, दिवा खाना तथा बालबालिकाको क्षेत्र कार्यक्रम सफल मानिएको छ । ती कार्यक्रममार्फत करोडौं भारतीयसमक्ष सहजै खाद्यान्न पु¥याइएको छ । गरिबीको रेखामुनि रहेका परिवारलाई अति न्यून दरमा भारत सरकारले खाद्यान्न उपलब्ध गराउने गरेको छ । त्यस्तै, विद्यालयमा निःशुल्क भोजन वितरण लगायतका कार्यक्रमले लक्षित विपन्न समूहले लाभ पाइरहेका छन् । विश्वमै सबैभन्दा ठूलो खाद्य सुरक्षाको जाल भारतमा रहेको मानिएको छ । सन् २०३० सम्म शून्य भोकमरीको अवस्थामा झार्ने...