Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

स्वास्थ्य तथा शिक्षामा जोड दिँदै वडा नं. ६ को वडाभेला सम्पन्न

स्वास्थ्य तथा शिक्षामा जोड दिँदै वडा नं. ६ को वडाभेला सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राई/नैतिक त्रिपाठीनेपालगन्ज, १३, असार – स्वास्थ्य तथा शिक्षामा पहिलो प्राथमिकता दिई काम अगाडी बढाउने प्रतिबद्धताका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज सोमबार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा बिहान ८ बजे राखिएको थियो । उक्त भेलामा वडाबासीहरुले आ–आफ्नो टोलको विभिन्न समस्याहरु राख्नुका साथै आउने आर्थिक वर्षमा के–के काम टोलमा गर्ने भनी चिठ लेखी वडा प्रतिनिधिहरुलाई बुझाएका थिए । वडाबासी मदनराज शर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र रहेका सम्पूर्ण मठमन्दिरको संरक्षण सम्बद्र्धन गर्नुका साथै मठमन्दिरको जमिन यकिन गरी नापनाक्स राख्नुका साथै आउने दिनमा पानीको मुहान कम नहोस भनी स्थानीय ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरी कार्य अगाडी बढाउनु पर्ने बताएका थिए ।यसैगरी वडाबासी मनिषराज र...
लागूऔषध अपराधमा १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

लागूऔषध अपराधमा १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार –लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनामा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो ।यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागूऔषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागूपदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ । लागूऔषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागूऔषधसम्बन्धी अपराध पदाफार भएका छन्, भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीन सय पाँच टन लागूऔषध बरामद भएको छ ।देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्र...
चीनको आँखा नेपाली मिडियामा

चीनको आँखा नेपाली मिडियामा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असार – नेपालको राजनीतिमा चासो र हस्तक्षेप वढाउँदै लगेको उत्तरी छिमकी चीनले नेपालको मिडिया समेत कब्जा गर्ने प्रयास थालेको छ। संघीय हिन्दु गणतन्त्रका लागि अभियान सञ्चालन गरेको ‘राष्ट्रिय एकता अभियान’ ले यसको खुलासा गरेको हो।अभियानले आफनो फेसवुक पेजमा नेपालको मिडियामा चिनले गरेको लगानी तथा मिडियामा विदेशी लगानी गर्न नपाईने कानुनी आधारसहितका कागजात राखेर यसको खुलासा गरेको छ। अभियानका अनुसार चीनको हस्तक्षेप र कुटनीतिक मर्यादा विपरितका कृयाकलापमा मिडिया तघारो वनेपछि उसले त्यसैलाई कब्जा गर्ने योजना अघि सारेको पाईएको छ।यही योजना अन्तर्गत चीनको चाइना अडियो मिडिया ग्रुप (सिएएमजी) ले काठमाण्डौं स्थित मालिकार्जुन एफएममा ३ करोड १० लाख ७ हजार ६४२ नेपाली रुपैयाँ लगानी गरेको पाईएको अभियानले उल्लेख गरेको छ। मालिकार्जुन एफएम र क्यापिटल एफएम एकआपसमा जोडिएका कम्पनी हुन। अभियानका अध्यक्ष व...
जानकीले प्रस्तुत गरे ५९ करोड ५३ लाख बजेट

जानकीले प्रस्तुत गरे ५९ करोड ५३ लाख बजेट

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, ११ असार - बाँकेको जानकी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको बिकासको मुल आधार भन्ने नाराका साथ बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० काे लागि ५९ करोड ५३ लाख प्रस्तुत गरेको छ । १२ औं गाउँसभा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले अगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजारको बजेट तय गरेको प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कृषिका लागि ३५ लाख, पशुका लागि ३५ लाख, सहकारीतर्फ ५ लाख, शिक्षा शाखातर्फ ९० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ १५ लाख, स्वास्थ्यतर्फ ६० लाख गरी जम्मा १ करोड ६५ लाख रहेको छ । यस्तै भौतिक पुर्वधारतर्फ गाउँपालिकास्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ३० लाख गरी जम्मा २० करोड ९० लाख ५९ हजार रहेको छ । यसैगरी वन वातावरण तथा बिपत व्यवस्थापनतर्फ १० लाख,...
वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
लम्कीचुहा (कैलाली), १० असार - हिमालयन बैंक लिमिटेड बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले नगरपालिकाको वडा नं. ०२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सूदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताउनुभयो । शुक्रबार सम्पन्न ...
उपमहानगरको बजेट १ अर्ब ६३ करोड

उपमहानगरको बजेट १ अर्ब ६३ करोड

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ असार – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि १ अर्व ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपियाको अनुमानित बजेट ल्याएको छ ।बिहिवार ११ औं नगरसभामा नगर उपप्रमुख कमरुद्धिन राईले प्रस्तुत गर्नु भएको चालु आव २०७८÷०७९ भन्दा करिब ९ करोडले बढि छ । चालु आवमा १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकोले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको नगर उपप्रमुख राईले बताउनुभयो ।यसवर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपियाँ हुने अनुमान गरिएको ...
राप्ती सोनारीमा ८८ करोड ३१ लाखको बजेट ल्याइँदै

राप्ती सोनारीमा ८८ करोड ३१ लाखको बजेट ल्याइँदै

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, ८ असार - राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तिब्र पारिएको छ । आगामी शुक्रबार (असार १० गते) दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । ‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँ सभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । ‘गाउँ सभाको तयारी कै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रु...
भारतको सहयोगमा नेपाल टेलिकमको टावरको समान तिङ्कर पुग्यो

भारतको सहयोगमा नेपाल टेलिकमको टावरको समान तिङ्कर पुग्यो

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असार –भारतको सहयोगमा नेपाल टेलिकम टावरको समान तिङ्कर पुगेको छ । व्यास गाउँपालिका वडा नम्वर १ तिङ्करमा फोन सेवा संचालन आएको छ । गत मंगलबार जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ तिङ्करमा नेपाल टेलिकमको फोन सेवा संचालनमा आएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिनु भयो । नेपाल टेलिकमको एनटि सेट प्रविधिको माध्यमबाट दुई लाईन फोन सेवा जोडिएको हो । तिङ्कर गाउँमा फोन सेवा नहुँदा स्थानिय सास्ती खेपिरहेका थिए । फोन लाईन जडान भएपछि स्थानिय खुसी भएका छन् । तिङ्करमा फोन सेवा सुचारु भए सगै भारत र नेपालको सम्बन्ध अझौ नजिक भएको स्थानीयहरुले बताएका छन् ।...
विश्व बैंकद्वारा डिजिटल नेपाल रूपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृत

विश्व बैंकद्वारा डिजिटल नेपाल रूपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृत

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ७ असार –विश्व बैंकद्वारा डिजिटल नेपाल रूपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृतकाठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रूपान्तरणका लागि करिब सवा १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृति गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि सो रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले जनाएको छ । यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगी हुने बताउनुभयो । परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यान्वयनमा सहयोग गर्ने विश्व बैंकले जनाएको छ । ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले काम...
चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’

चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’

आर्थिक, आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता
मिति : २०७९ असार ७ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विजयकान्त कर्ण डेनमार्कका लागि पूर्वनेपाली राजदूत हुन्। राजनीति र कूटनीति क्षेत्रमा खरो विश्लेषण गर्ने कर्णसँग आसन्न चिनियाँ विदेश मन्त्रीको भ्रमण, नेपाल-चीन सम्बन्ध र नेपालले उठाउँनुपर्ने विषयमा गरिएको लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंश : चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ ? भ्रमणलाई मैलै सकारात्मक रुपमा हेरेको छु। नेपाल र चीन छिमेकी देश हुन। यस सन्दर्भमा त्यहाँ वरिष्ठ नेताको र मन्त्रीको भ्रमण नेपालको लागि राम्रो हो। यो भ्रमण जुन सन्दर्भ र अवस्था हुन गइरहेको छ त्यो आफैमा महत्वपूर्ण छ। केही दिनदेखि नेपाल र चीनको सम्बन्धमा केही समस्या देखिएका छन्। नेपालले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको बारेमा चिनियाँ नेताहरू ...