Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

भारतीय दूतावासबाट नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

भारतीय दूतावासबाट नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ जेष्ठ –सङ्घीय सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापा लाई एम्बुलेन्स प्रदान गर्नुभएको हो । उक्त एम्बुलेन्स भारतीय राजदूतावास ले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमोरियल ट्रस्टको लागि दिएको थियो । शाहले मङ्गलवार शिवराज नगरपालिकाको कार्यालयमा पुगी नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन एम्बुलेन्स प्रदान गरेको बताउनुभयो । शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताउनुभयो ।कतिपय ठाउँमा अझै पनि समयमा उपचार नपाएर मृत्यु भएको सूचनाहरू आइरहने भएकोले एम्बुलेन्सले छिटोछरितो उपचारमा सहयोग गर्ने बताउनुभयो । ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो ’ कहीँ हद सम्म भएपनि आवश्यकता पुरा भएको छ’ ...
नेपालको पैसामा चिनियाँ ठेकेदारको मनोमानी

नेपालको पैसामा चिनियाँ ठेकेदारको मनोमानी

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ जेष्ठ –तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा एकपछि अर्को राष्ट्रघातको खतरा बढेको छ । राष्ट्रिय गौरवको आयोजनामा दुई चिनियाँ कम्पनीलाई सेनाले ठेक्का दिएपनि काममा अलमल हुन थालिसकेको छ । ठेक्का दिएको एक वर्ष पूरा हुन लाग्दा पनि अहिलेसम्म बीमा भएको छैन । अर्कोतर्फ, विदेशी कामदार ल्याएर स्वदेशका जनशक्तिलाई बेरोजगार नै बनाइराख्ने गतिविधिले प्रश्रय पाएको छ । रणनीतिक महत्वको सडकमा श्रम स्वीकृती नलिइ कामदारहरु चीनबाट ल्याइएको खुलेको छ । उनीहरु भिजिट भीसामा आइरहेका छन् । सरकारले १० लाख थप रोजगार सृजना गर्ने नारा निकाल्दा देशभित्रको राष्ट्रिय गौरवको परियोजनामा विदेशी कामदारले काम पाइरहेका छन् । स्वदेशी दक्ष र अर्धदक्ष जनशक्ति या त काम नपाउने या त विदेश जान वाध्य छन् । चिनियाँ कम्पनीले ठेक्का पाएपनि फाष्ट ट्रयाकको बीमा नहुनुमा केही व्यक्ति र चिनियाँ कम्पनीको निहित स्वार्थ नै का...
हराएकाे फेला पारेर चाैधरीकाे जिम्मा

हराएकाे फेला पारेर चाैधरीकाे जिम्मा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
सकिल अहमद राईनेपालगन्ज २५ जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नं.३ बेलभार स्थित हराएको पैसा फेला पारेर बाँके प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । उक्त स्थानमा मंगलबार राप्तिसोनारी गाउँपालिका ३ घर भई हाल नेपालगन्ज बस्दै आएकी रमिला चौधरीको ४२ हजार ५ सय रुपैँया हराएको थियो । जस पश्चात चौधरीले प्रहरी चौकी साईगाउँमा जानकारी गराएकी थिइन । प्रहरी चौकी साईगाउँबाट खटिएको प्रहरी टोलिले जानकी गाँउपालिका वडा नं.३ शिवपुरी स्थितबाट उक्त रकम फेला पारी निज रमिला चौधरीलाई बुझाईएको प्रहरी चौकी साईगाँउका इन्चार्ज पुष्कर राज जोशीले जानकारी दिएका छन् ।...
अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

अपराध, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २२ जेष्ठ – राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारी लगायतको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घागद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस स्थानमा नदीजन्य सामाग्री अबैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो ।गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांस स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए । ‘राजश्व ति...
भारतसंग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

भारतसंग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दार्चुला, २२ जेष्ठ – भारत संग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन भएका छन् । तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएका छन । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल विहिवार उद्धघाटन गरिएको हो । नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा पुल उद्घाटन गरिएको हो । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको थियो । म...
चीनको आर्थिक वृद्धिदर सुस्त बन्दै

चीनको आर्थिक वृद्धिदर सुस्त बन्दै

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ – कोरोना भाइरसका संक्रमित बढेसँगै चीनको सेवा तथा उत्पादन क्षेत्रको वृद्धिमा नकारात्मक असर परेको देखिएको छ ।चीनको तथ्यांक ब्युरोले सार्वजनिक गरेको सूचकांक अनुसार मार्च महिनामा उत्पादनमूलक क्षेत्रमा चीनको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ४९.५ पुगेको छ । फेब्रुअरी महिनामा उत्पादनमूलक क्षेत्रको पीएमआई ५०.२ थियो । त्यस्तै, गैर उत्पादनमूलक क्षेत्रको पीएमआई भने मार्च महिनामा ४८.४ पुगेको जनाइएको छ । फेब्रुअरी महिनामा गैर उत्पादनमूलक क्षेत्रको पीएमआई ५१.६ रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । ५० भन्दा बढी पीएमआई सूचकांकले उक्त क्षेत्रको विस्तार भएको देखाउने तथा सोभन्दा कमले सङ्कुचन देखाउने बताइएको छ ।...
डब्लूटीओका नियमलचिलो हुनुपर्छ, डब्लूएचओको सुधार गर्नुपर्छ: मोदी

डब्लूटीओका नियमलचिलो हुनुपर्छ, डब्लूएचओको सुधार गर्नुपर्छ: मोदी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ जेष्ठ – भविष्यको स्वास्थ्य आपतकालसँग लड्न एक समन्वयात्मक प्रतिक्रियाको आवश्यकतालाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व व्यापार सङ्गठन ९डब्लूटीओ० ले लचिलो विश्वव्यापी आपूर्ति शृङ्खला निर्माण गर्नुपर्ने बताएका छन्। दोस्रो ग्लोबल कोभिड शिखर सम्मेलनमा ुमहामारी रोकथाम र पूर्व तयारीलाई प्राथमिकताु भन्ने विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० लाई लचिलो विश्वव्यापी स्वास्थ्य सुरक्षा संरचना निर्माण गर्न सुधार गर्न जोड दिए। आफ्नो भाषणका क्रममा प्रधानमन्त्री मोदीले आपूर्ति शृङ्खलालाई स्थिर र अनुमानित राख्नको लागि खोप र उपचारका लागि डब्ल्यूएचओको स्वीकृति प्रक्रियालाई सुव्यवस्थित बनाउन आह्वान गरेका छन्। ‘विश्व समुदायको एक जिम्मेवार सदस्यको रूपमा, भारत यी प्रयासहरूमा मुख्य भूमिका खेल्न तयार छ।’ ‘भविष्यको स्वास्थ्य आपत्कालहरूसँग ल...
चीनको आर्थिक संकटका कारण कम्पनीहरुको भुक्तानीमा ढिलाइ

चीनको आर्थिक संकटका कारण कम्पनीहरुको भुक्तानीमा ढिलाइ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ – सन् २०२२ मा चीनको आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ। चीनको क्रेडिट बीमा समूह कोफेसद्वारा गरिएको भुक्तानी सर्वेक्षणले धेरै कम्पनीहरूले अल्ट्रा-लांग भुक्तानीमा ढिलाइ भएको रिपोर्ट गरेका छन्। जसको मतलब कम्पनीहरूले छ महिना भन्दा बढी समय भन्दा बढी भुक्तानी बक्यौताको सामना गरिरहेका छन्। कोफेसका अनुसार सन् २०२२ मा चीनको आर्थिक वृद्धिदर ४.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। जुन गत वर्षको ८.१ प्रतिशतको तुलनामा कम हो। १३ मध्ये ९ क्षेत्रका फर्महरूले भुक्तानी ढिलाइमो समय बढ्दै गएको रिपोर्ट गरेको छ। कृषि-खाद्यको नेतृत्वमा, जसले ४३ दिनको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेका छन्। चिनियाँ अर्थतन्त्रमा निरन्तर मन्दीको सामना गरिरहँदा सम्पत्ति क्षेत्रमा पनि मन्दी आएको छ। वस्तुको मूल्य बढेको छ र उपभोग रिकभरी सुस्त छ। यूएलपीडीएस रिपोर्ट गर्ने उत्तरदाताहरूको सबैभन्दा बढी (५६ ...
भारत–नेपाल सम्बन्ध विश्वकै लागि उदाहरणीय

भारत–नेपाल सम्बन्ध विश्वकै लागि उदाहरणीय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ – पछिल्लाे नेपाल–भारत बीचकाे सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको छ । पछिल्लाे केही वर्षयता भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल–भारतकाे सम्बन्ध थप उचाइमा पुगेकाे बताउँदै आएका छन् । यो पनि समाचार पढ्नु होला – नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी निर्माणका लागि शिल्यानाश पछिल्लाे समय भारत र नेपालको मैत्री सम्बन्ध, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदरदास माेदीकाे धार्मिक एवं आध्यात्मिक भ्रमण तथा दुवै देशका प्रधानमन्त्रीबीच भएको वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध स...
चिनियाँ ऋण लिन नेपाल सजग

चिनियाँ ऋण लिन नेपाल सजग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ –श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ ।प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ ।नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको ब्याजदर व्यावसायिक होइन भन्ने नेपाले बुझेको छ ।नेपाल सरकारले चीनबाट ऋण लिनुलाई भन्दा विश्व बैंक र एसियाली विकास बैंकलाई प्राथमिकतामा राखेको छ । मैत्रिपूर्ण मुलुकलाई ऋण दिने चीनको आफ्नै सर्त छ । चीनको नेतृत्वमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) र सिल्क रोड फण्ड (एसआरएफ) को माध्यमबाट पनि चीनले सामान्यतया व्यापारिक ऋणहरू उपलब्ध गराउँदै आएको छ ।चिनियाँ ऋणको चुक्ता अवधि पनि सीमित छ । यसले नेपाली नेतृत्वलाई चिन...