Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः २०८२ श्रावण १६ गते, शुक्रबार आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा समेत उत्पादनमूलक उद्योगहरू स्थापनामा राज्यको कमजोरी देखिएको छ । विगत दुई दशकको तथ्यांक हेर्दा स्पष्ट हुन्छ सरकारले उद्योगलाई प्राथमिकता दिएको छैन र यही कारणले देशको समग्र विकास र आर्थिक आत्मनिर्भरता सपनाजस्तै बनेको छ । वास्तविकता के हो भने हाम्रो देश नेपालमा रोजगारीको पर्याय बनेको छ वैदेशिक श्रम बेरोजगारीको यस्तो भयानक अवस्थाबाट देश गुज्रिरहेका बेला सरकारले यसको समाधान खोज्ने गम्भीर प्रयास गरेको देखिँदैन । सन् २०२५ को प्रारम्भसम्म आ...
अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – बाँकेका दुई पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मानित गर्ने भएको छ । अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै यही श्रावण १५ गते बिहीबार नेपालगन्जमा आयोजना हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगन्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा पत्रकार द्वयलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिने जनाईएको छ । महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने आयोजकद्वारा जनाईएको छ । आयोजकका अनुसार यो कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूल...
सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ श्रावण – बाँकेमा मात्र नभई लुम्बिनी प्रदेशदेखि छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेशमा समेत मनोरञ्जनको दुनियाँ छुट्टै पहिचान बनाउन सफल सिने रोयलले आफ्नो दोस्रो वार्षिकोत्सव भब्यता साथ सञ्चारकर्मी तथा कर्मचारीहरु बीच मनाएको छ । दोस्रो वार्षिकोत्सव मनाउने क्रममा सिने रोयलले आप्mनो दुई वर्षको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा ‘२०८० देखि २०८२ सम्मको दुईवर्षीय चलचित्र तथ्यांकले नेपाली फिल्मप्रति दर्शकको आकर्षण उल्लेखनीय देखाएको छ । यस अवधिमा कूल २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आए । २०८१ २०८२ को दुईवर्षे अवधिमा मात्र ११८ नेपाली र १२० हिन्दी फिल्म प्रदर्शन गरिएको’ बताईएको छ । यसैगरी, ‘नेपाली चलचित्र “पूर्ण बहादुरको सार·ी” ले ३८, ४६२ दर्शक तान्दै यस अवधिमा सबैभन्दा बढी हेर्न आएको नेपाली फिल्म बन्यो । यही फिल्म सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली चलच...
श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – श्रावण महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस महिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीहरुका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्व छ । श्रावण महिनाको सोमबार नेपालगन्जको एतिहासिक धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा विभिन्न ठाउ“बाट श्रदालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस श्रावण महिनालाई विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर श्रावण महिना आएको महसुस गराउ“दछन् । भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा...
पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप, स्थानियले भने – एलानी जग्गा हडप्न मिल्दैन, चौकीदारको भूमिका शंकास्पद

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप, स्थानियले भने – एलानी जग्गा हडप्न मिल्दैन, चौकीदारको भूमिका शंकास्पद

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ४, साउन — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी स्थायी बासिन्दा अमृता क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्दै आएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । विगत लामो समयदेखि आफ्नै भनिएको १७ कठ्ठा जग्गा जोत्दै आउनु भएकी अमृताले स्थानीय भरत गौतमसँग घरायसी कारण विदेश जानुअघि ३ वर्षका लागि एउटा प्लट २० हजार रुपैयाँमा भाडामा दिएकी थिइन् । अमृताको भनाइ अनुसार उक्त रकम आफूले फिर्ता दिइसकेकी थिइन् तर हाल सोही पुरानो सम्झौता देखाउँदै केही व्यक्तिहरूले धम्कीपूर्ण शैलीमा जग्गा कब्जा गर्न खोजिरहेका छन् । पैसा लेनदेनको भाकासंगै दिनुपर्ने रकम पनि फिर्ता दिईएको छ । जग्गाको कारोबार “तीन वर्ष बितिसकेको छ, रकम पनि फिर्ता दिइसकेकी छु । तर अहिले भोजराज शर्मा र अन्य केही व्यक्तिहरूले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाईरहेका छन ।” अमृताको भनाई छ । जग्गाको व...
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ श्रावण ३ गते, शनिबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन थालिसकेको छ । यो सन्दर्भमा सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग लक्षित कर्जा, वित्तीय विवरण प्रकाशनको समयसीमा पुनर्तालिकीकरण सुविधा जस्ता थुप्रै क्षेत्रमा गम्भीर कार्यगत सुधारको संकेत गरिएको छ । राष्ट्र बैंकले साउन १ गतेदेखि सेयर धितोमा राखेर पाउने कर्जाको सीमा बढाएको छ । अबदेखि सेयर धितोमा राखी लिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको सीमा अधिकतम २५ करोड रुपैयाँ तोकिएको छ । यसअघि यो सीमा १५ करोड रुपैयाँ थियो । यसले पूँजी बजारमा सकारात्मक प्रभाव पारेको छ । जसका प्रमाण स्वरूप सेयर बजारमा तीन दिनसम्म उच्च अंकको वृद्धिको देखिएको छ । यद्यपि यो सीमा...
२४५ विद्यार्थीको कान परीक्षण, २१ जना बीएन अस्पतालमा रिफर

२४५ विद्यार्थीको कान परीक्षण, २१ जना बीएन अस्पतालमा रिफर

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ श्रावण – नेपालगन्ज वडा नं. २ घरवारी टोलस्थित ने.रा.आ. विद्यालयमा एकदिने नि:शुल्क कान परीक्षण शिविर सम्पन्न भएको छ। नारायण मावि एसएलसी २०४९ ब्याचको आयोजनामा र बीएन अस्पताल, नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा विद्यालयका २४५ जना विद्यार्थीहरूको कान परीक्षण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमा उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए साथै, कार्यक्रममा प्रधानाध्यापक बिरेन्द्र यादव, देवराज न्यौपाने, सुवर्ण शाक्य, अशोक कुमार गुप्ता, राकेश श्रेष्ठ, डा. राजेश यादव, उपेन्द्र कुँवर र सरोज मिश्र अतिथिका रूपमा सहभागी थिए। शिविरमा परीक्षण गरिएका विद्यार्थीहरूमध्ये १५ जनाको कान सफा गर्नुपर्ने देखिएको छ भने २ जना कम सुन्ने समस्या भएका र ५ जनालाई कानको शल्यक्रिया (अपरेसन) को आवश्यकता...
कानुन विपरित गतिविधिमा संलग्न मनबहादुर सहकारीलाई सम्पूर्ण पदबाट निलम्बन

कानुन विपरित गतिविधिमा संलग्न मनबहादुर सहकारीलाई सम्पूर्ण पदबाट निलम्बन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ असार – कानुन विपरितका गतिविधिमा संलग्न अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारी नक्कटी नोट तथा लागुऔषधि अफिमसहित पक्राउ परेपछि अनलाईन टिभी पत्रकार संघ नेपालद्वारा विज्ञप्ती जारी गर्दै सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी गराईएको छ । अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सचिव सावित्री गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई नक्कली नोट र लागुऔषध (अफिम) सहित प्रहरीले नियन्त्रणमा लिएको खबर बाहिरिएसंगै संगठनको मर्यादा, प्रतिष्ठा र आचारसंहिता प्रतिको सम्मान स्वरूप उहाँलाई आजकै मितिबाट लागू हुने गरी अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी ...
नेपाली नक्कली नोट तथा अफिमसहित २ जना पक्राउ

नेपाली नक्कली नोट तथा अफिमसहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, ३१ असार – नेपाली नक्कली नोट तथा आगू औषधि अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १९ किलो ३२५ ग्राम अफिम तथा नेपाली नक्कली नोटसहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मनबहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर ११ न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १००० का ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित उनीहरुलाई पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मनबहादुर सहकारीले कोहलपुरमा सञ्चालनमा ल्याएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो । प्रहरीले मानबहादुर सहकारीको कोठाबाट अफिमसहित ५१ हजा...
सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न प्रशिक्षणात्मक अभिमुखीकरण

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न प्रशिक्षणात्मक अभिमुखीकरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ असार – पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्दै सहकारीलाई भुइँ मान्छेहरूको जीवनस्तर सुधार गर्ने कडीका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवालाहरू विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको नेपालगन्ज स्थित शुक्रवारका दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका तथा कार्यक्रमका प्रशिक्षक छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गरेका थिए । सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलि...