Sunday, June 28सत्यम खबर
Shadow

अपराध

लेनदेन मुद्दाका एक पक्राउ

लेनदेन मुद्दाका एक पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ साउन – बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षका पुस्कर कुमार सोनी रहेका छ्न । सोनीलाई गएको जेठ १३ गते लेनदेन मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलिबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगरसहित २ पक्राउ

ब्राउन सुगरसहित २ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ साउन – लागुऔषध ब्राउनसुगरसहित नेपालगन्जको जमुनाहबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १० का २९ बर्षिय दिपेश सुनाम (परियार) र कोहलपुर नगरपालिका ७ का २९ बर्षिय नारायण बुढ्थापा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । उनीहरुबाट ८ दशमलव ८६ ग्राम ब्राउनसुगर बरामद भएको उनले बताए । १८० सिसिको कालो रंगको भे ३ प २७६२ नं. को मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेक जाँच गरेको थियो ।त्यसक्रममा उनीहरुले बाइकको लुकिङ ग्लास मुनी लुकाई राखेको अवस्थामा फेला परेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

अपराध, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित थुकैलामा चौलिक्का पछाडी गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा गाई काट्दै गरेको अवस्थामा प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही स्थानका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित रंगेहात पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ ।...
अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए

अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ साउन – अमेरिकी कारबाहीमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल– कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्। टेलिभिजनमा सम्बोधन गर्दै बाइडेनले जवाहिरीको मृत्यु भएको पुष्टि गरेका हुन्। बाइडेनले उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गरेका छन्। ‘न्याय प्रदान गरिएको छ, र यो आतंकवादी नेता अब रहेन’, राष्ट्रपति बाइडेनले भनेका छन्। बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराएका छन्। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।...
चीन सागरमा बढ्दो चीन र रुसको सैन्य उपस्थितिले चिन्ता

चीन सागरमा बढ्दो चीन र रुसको सैन्य उपस्थितिले चिन्ता

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ साउन –चीनले प्रायः पूर्वी चीन र दक्षिण चीन सागरका देशहरूको क्षेत्रीय जल सीमाको उल्लङ्घन गर्दै सैन्य गतिविधिहरू बढाउँदा विश्व शान्ति र सुरक्षाप्रति चिन्ता बढाएको छ। एसियन लाइट इन्टरनेशनलमा प्रकाशित एउटा लेखमा जापानले जुलाई ४ मा विवादित पूर्वी चीन सागर टापुहरूमा केही मिनेटका लागि आफ्नो क्षेत्रीय पानीको बाहिर चिनियाँ र रुसी युद्ध पोतहरू देखेको उल्लेख छ। सेन्काकु टापुहरू ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो भूभागको अन्तर्निहित हिस्सा भएको दाबी गर्दै जापानले जापानी भूमि, क्षेत्रीय जल तथा हवाई क्षेत्रको सुरक्षाका लागि सरकारले शान्त तर दृढताका साथ यस विषयमा समाधान गर्ने बताएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नजिकैको पानीमा चिनियाँ जहाजको गतिविधि वैध र जायज रहेको दाबी गरे। चीन विरोधी भावना र सुरक्षा खतराको बलियो अण्डरकोटको बीचमा भूराजनीतिक...
चिनियाँ साइबर जासुस हुवावेः विश्वका प्रमुख देशले लगाए प्रतिबन्ध, टाँट पल्टिदै कम्पनी

चिनियाँ साइबर जासुस हुवावेः विश्वका प्रमुख देशले लगाए प्रतिबन्ध, टाँट पल्टिदै कम्पनी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ साउन – चिनियाँ प्रविधि कम्पनी हुवावेले सुरक्षा खतराको चिन्ताका कारण विश्वका प्रमुख देशहरूमा आफ्नो टेलिकम प्रविधि र उपकरणहरूमा प्रत्यक्ष वा भर्चुअल प्रतिबन्धको सामना गरिरहेको छ ।हुवावेका उत्पादनहरूभित्र अनेकौं किसिमका लुपहोल रहेको र त्यसबाट चीनले जासुसी एवं विदेशी कम्पनीहरूको बौद्धिक सम्पत्ति चोरी गर्ने काम गर्न सक्ने चिन्ता बढेको छ । हुवावेका उपकरणले डेटा चोर्ने देखिएपछि अमेरिकाले अनुसन्धान शुरु गरेको थियो । अमेरिका र केही युरोपेली देशहरूले हुवावेका उपकरणहरूलाई बेइजिङको कम्युनिष्ट सरकारको जासुसीको माध्यमको दर्जा दिएका छन् । केही देशहरूले हुवावे र अर्को चिनियाँ टेक कम्पनी जेडटीईलाई लामो समय पहिले नै प्रतिबन्ध लगाउन थालेका थिए । तर अमेरिकाको नेतृत्वमा यस अभियानले अब चिनियाँ टेलिकम उपकरणहरू र प्रविधिमाथि प्रतिबन्ध लगाउन थप हौसला प्रदान गरेको छ । हुवावेलाई चीनको सबै भन...
शुभारम्भ सहकारीका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया करोडौ हिनामिना गरी फरार

शुभारम्भ सहकारीका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया करोडौ हिनामिना गरी फरार

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ साउन – शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया जमाकर्ताहरुको करोडौ रुपैयाँ हिनामिना गरी हाल फरार रहेका छन् । विगत २ वर्षदेखि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अफिस कहाँ छ भनी समेत जमाकर्ताहरुलाई जानकारी नभएपछि खोजतलास जारी गरिएको छ ।सोही क्रममा जमाकर्ता अजयकुमार गुप्ताले समेत ४ लाख ५० हजार जम्मा गरेको तर हाल सञ्चालक व्यवस्थापक कृपाराम बाडिया भारततर्फ फरार रहेको हुँदा पैसा कहिले पाउने, कसले दिने विषय अन्यौल रहेको हुँदा कानुनी प्रक्रिया तर्फ जाने बताउनुभयो । यसबारे केही समयको लागि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षको जिम्मेवारी बहन गर्नु भएका गेहेन्द्र केसीको भनाई अनुसार मेलै साथीको नाताले केही सहयोग गर्न पहल गरेको थिए । उक्त पहल गर्दा मेरो २०–२५ लाख रुपैया समेत लगानी भईसकेको बताउनुभयो ।अध्यक्ष गेहेन...
बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १० साउन –बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ । “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।...
दमनका बाबजुद चिनियाँ लोकतन्त्रवादीको आन्दोलन जारी

दमनका बाबजुद चिनियाँ लोकतन्त्रवादीको आन्दोलन जारी

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, १० साउन –हङकङमा प्रजातन्त्र समर्थक आन्दोलन र अन्य दमन गरिएका समुदायहरूको लागि लडाइँ चिनियाँ दमनको बाबजुद विश्वव्यापी रूपमा बढ्दै गएको छ। तियानमेन स्क्वायर नरसंहारको ३३ औँ वार्षिकोत्सव आयोजना नगर्न बेइजिङले दिएको कडा चेतावनीपछि हङकङबासीहरूले भेला हुने स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता गुमाउँदा इतिहास मेटिने डर थियो। यद्यपि, विश्वका विभिन्न भागबाट विश्वव्यापी समर्थनले प्रजातन्त्र समर्थक आन्दोलनहरू बढ्दै गएको युरोपेली टाइम्सले रिपोर्ट गरेको छ। हङकङमा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दबाउन बेइजिङले कडा राष्ट्रिय सुरक्षा कानुनलाई कार्यकर्ताहरूलाई डराउन प्रयोग गरेको छ। सयौँ पक्राउ परे र धेरैलाई जेल पठाइयो। तर, प्रजातन्त्र समर्थक शक्तिहरू, मानवअधिकारकर्मीहरू र विश्वभरका राजनीतिज्ञहरूले पनि मशाललाई अगाडि बढाउने निर्णय गरेका छन्। हालै प्रजातन्त्र र उनीहरूको नागरिक अध...
कल सेन्टरमा छापा अपडेट : चिनियाँसहित ४१ जना नियन्त्रणमा

कल सेन्टरमा छापा अपडेट : चिनियाँसहित ४१ जना नियन्त्रणमा

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ साउन – काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार स्काई वर्ल्डमा छापा मारेको थियो । कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया...