Monday, April 13सत्यम खबर
Shadow

ब्राउन सुगरसहित २ पक्राउ

नेपालगन्ज, १७ साउन – लागुऔषध ब्राउनसुगरसहित नेपालगन्जको जमुनाहबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १० का २९ बर्षिय दिपेश सुनाम (परियार) र कोहलपुर नगरपालिका ७ का २९ बर्षिय नारायण बुढ्थापा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए ।


उनीहरुबाट ८ दशमलव ८६ ग्राम ब्राउनसुगर बरामद भएको उनले बताए । १८० सिसिको कालो रंगको भे ३ प २७६२ नं. को मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेक जाँच गरेको थियो ।
त्यसक्रममा उनीहरुले बाइकको लुकिङ ग्लास मुनी लुकाई राखेको अवस्थामा फेला परेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *