चिनियाँ कनेक्सन अपराधमा बढ्दो
काडमाण्डौ, ७ भाद्र – देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। यही साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।
यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको ...









