Sunday, June 28सत्यम खबर
Shadow

अपराध

तिब्बतको प्राकृतिक सम्पदाको दोहन गर्दै चीन

तिब्बतको प्राकृतिक सम्पदाको दोहन गर्दै चीन

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ साउन –चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै जनसांख्यिकी परिवर्तन गरिरहेको अधिकारवादी समूहहरुले बताएका छन् । ती समूहहरूले चीनले तिब्बतमा भारी नियन्त्रण राखेको बताउँदै प्रणालीगत रूपमा मौलिक अधिकारहरूको दमन एवं नागरिक समाजमाथि कडा नियन्त्रण गरेको बताएका छन् । सन् २०२१ मा चीनद्वारा प्रकाशित ४० पृष्ठभन्दा लामो ‘१९५१ देखि तिब्बत: मुक्ति, विकास’ नामक श्वेतपत्रले वातावरणीय कारकहरूमा चीनको उपेक्षालाई छर्लंग पारेको छ । उक्त श्वेतपत्रले थुप्रै बाँध निर्माण र धेरै पूर्वाधार विकासको पहल गरेको छ । तथापि यसले वातावरणीय विनाशलाई ध्यानमा नराखेको अनुसन्धान समूह (पोरेग) ले रिपोर्ट गरेको छ । (स्रोतः लिम्बुवान न्यूज)...
ठग धन्दामा निगम सपिङ्ग पैलेस ! सम्बन्धित पक्ष मौन ?

ठग धन्दामा निगम सपिङ्ग पैलेस ! सम्बन्धित पक्ष मौन ?

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ साउन – कोरोना कालको पीडाबाट थल परेका सर्वसाधारण जनतालाई हाल जताबाट पनि ठगिने र लुटिने कार्य हुँदा समेत सम्बन्धित पक्ष मौन बसिरहेको पाईएको छ ।नेपालगन्ज वडा नं. ४ सदरलाईन स्थित रहेको निगम सपिङ्ग पैलेसबाट सर्वसाधारण जनता ठगिएको जानकारी प्राप्त भएको छ । आज शनिबार बिहान २ जना लेडिजहरु घरमा प्रयोग हुने चप्पल, सैण्डिल खरीद गर्न उक्त पसलमा जाँदा अन्य पसलमा ३५० रुपैयाँमा पाउने सामान उक्त पसलमा १३५० मा बिक्री गरिरहेको बताएका छन् । नाम नलेख्ने सर्तमा उनले भने यस्तो ठग धन्दा नेपालगन्जको मुटु सदरलाईनमा हुँदा समेत प्रहरी प्रशासन मौन भएर बसिरहेका छन् । हामीले सोही सैण्डिल न्यूरोड फुटपातको एउटा पसलबाट खरीद गर्दा जम्मा ३५० रु. मात्र तिर्नु परेको बताए । यसैगरी निगम सपिङ्ग पैलेस कै आसपास बसेका व्यापारीहरु स्वयं निगम सपिङ्गका सञ्चालकले ग्रहकलाई गर्ने व्यावहार समेत रुखो भएको बताए । स...
बङ्गलादेशमा भइरहेको हिन्दूहरूको दमनविरुद्ध भारतमा चासो

बङ्गलादेशमा भइरहेको हिन्दूहरूको दमनविरुद्ध भारतमा चासो

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, विदेश, समाचार, समाज
काठमाण्डौ, ५ साउन – बङ्गलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि लगातार भइरहेको धार्मिक अत्याचारलाई लिएर पश्चिम बङ्गालमा वरिष्ठ भाजपा विधायक एवं प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै यस मामिलामा हस्तक्षेपको माग गरेका छन्। उनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यस चिठ्ठीको प्रति हालेका छन्। साथै उनले बङ्गलादेशमा हिन्दहरूमाथि भइरहेको अत्याचारको फोटोहरू पनि साझा गरेका छन्। यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्विटर अकाउन्ट पीएमओलाई पनि ट्याग गरिएको छ र हिन्दुहरूको दयनीय स्थितितिर उनको ध्यानाकर्षण गरिएको छ। बङ्गलादेशको नारेलाको लोहाग्रा उप जिल्लामा एक मन्दिर, पसल र हिन्दु समुदायका धेरै घरहरूमा मुस्लिम समुदायका मानिसहरूले तोड़फोड़ गरिरहेका छन् र हिन्दु देवी-देवताहरूलाई गाली दिइरहेका छन्। शुभेन्दुले यसबारे चिठ्ठी लेखेर भनेका छन्, '...
राजापाक्षे परिवारले यसरी चीनको चंगुलमा पारे श्रीलंकालाई, जसको मूल्य पूरा देशले चुकाइरहेको छ

राजापाक्षे परिवारले यसरी चीनको चंगुलमा पारे श्रीलंकालाई, जसको मूल्य पूरा देशले चुकाइरहेको छ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ५ साउन – श्रीलंकामा आर्थिक संकटपछि जनआक्रोश र राष्ट्रपति गोटाबाया राजापाक्षे भाग्नुपर्ने अवस्था चीनकै कारण उत्पन्न भएको छ । यो घटनाले चीनले आर्थिक उपनिवेश विस्तारको षडयन्त्रलाई उजागर गरेको छ भने साना राष्ट्र चीनको बेल्ट एण्ड रोडअन्तर्गतका चिनियाँ सहयोगको विरुद्धमा उभिन बाध्य भएका छन् । कतै श्रीलंकाकै हालत हुने होइन भनेर साना राष्ट्र संशकित र सतर्क बनेका छन् । श्रीलंकामा आजको अवस्था आउनुमा डेढ दशकअघि चीनको रणनीतिक प्रवेश नै हो । तमिल विद्रोहीविरुद्ध कारवाहीमा सघाउने बहानामा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सरकार चीनलाई श्रीलंका पस्ने मौका दिए । चीनबाट हतियार किन्दै विद्रोहीलाई मारेर रगतको बलमा राजापाक्षेले आफ्नो सत्ता यात्रा लामो बनाए पनि चीनलाई प्रवेश गराएर देशलाई भने कंगाल बनाए । चीनलाई भित्र्याएर श्रीलंकाली नागरिकको रगतको खोलो बगाएर उदाएका राजापाक्षे अहिले आ...
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ साउन – चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । चर्को ब्याजदरमा ऋणको प्रलोभनमा पारेर बन्दरगाह नै कब्जा गरेको चीन अहिले श्रीलंका संकटमा पर्दा भागेको हो । चीन श्रीलंकाबाट विस्तारै पछि हटिरहेको छ । लगानी फिर्ता लैजान प्रयत्न गरिरहेको छ । आर्थिक रुपमा समृद्ध हुँदा चर्को ब्यादरसहितको ऋण बोकेर श्रीलंका पसेको चीन अहिले संकटलाई नजरअन्दाज गर्दै टाउको लुकाएर बसेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋणको बारेमा अर्थशास्त्रीहरू र विश्वव्यापी नेताहरूको चेतावनी सुनेको भए चलिरहेको आर्थिक संकटलाई टार्न सक्थ्यो । अहिले श्रीलंकाले बढ्दो वैदेशिक ऋण र घट्दै गएको विदेशी मुद्रा सञ्चितिको कारण अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । देशलाई कंगा...
चीनले नेपाली भूमि कब्जा गरेको भन्दै फिर्ताको माग गर्दै युवाहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

चीनले नेपाली भूमि कब्जा गरेको भन्दै फिर्ताको माग गर्दै युवाहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ साउन – चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ । ‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भैइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो ।’ अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुन...
सिमा विवाद बढेपछि चीन संयुक्त सीमा अनुगमन गर्ने

सिमा विवाद बढेपछि चीन संयुक्त सीमा अनुगमन गर्ने

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ साउन – नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो । लामो समयदेखि नेपाल–चीनबीच संयुक्त सीमा निरीक्षण नभएकाले आपसी परामर्शद्वारा उक्त कार्य अघि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिईन्। अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्तरुपमा प्रतिवेदन तयार हुने उनले जनकारी दिईन्। “अनुगमनका लागि एउटा मोडालिटी तयार गर्न बाँकी नै रहेको र त्यसपछि मात्रै कहाँ जाने, कसरी जाने, कहाँबाट अनुगमन गर्ने, भनेर एकीकृत फ्रेमवर्क तयार भएर जानेछ”, लम्सालले...
१६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण

१६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ साउन – नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार सिसिटिभी क्यामरा हस्तान्तरण गर्नुभयो । नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सिसिटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सिसिटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सञ्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताउनुभयो ।नेपालगन्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सिसिटिभी क्यामरा जडान भएकोमा नियमित मर्मत सम्भारको अभावमा हाल अध...
चिनियाँ ऋणको पासोमा फसेको श्रीलंकामा आपतकाल, रास्ट्रपति फरार

चिनियाँ ऋणको पासोमा फसेको श्रीलंकामा आपतकाल, रास्ट्रपति फरार

अपराध, आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ साउन –चिनियाँ ऋणको पासोमा परी चरम आर्थिक मन्दीको सामना गरिरहेको राष्ट्रपति गोटाबाया राजपक्षे बुधवार बिहान देशबाट भागेपछि जनताको धैर्यको बाँध टुटेको छ। रूष्ट मानिसहरू प्रधानमन्त्री रानिल विक्रमसिंघेको सरकारी आवासतिर बढ़िरहेका छन्। देशमा बिग्रन्दो स्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्रीले पश्चिमी प्रान्तमा कर्फ्यू लगाउने र पूरा टापुमा आपातकाल लागू गर्ने आदेश दिएका छन्। यो जानकारी श्रीलंकाको समाचार पत्र डेली मिररले दिएको हो। यस समाचार पत्रका अनुसार, प्रधानमन्त्रीले सुरक्षा बलहरूलाई दंगा भड्काउनेहरूलाई पक्राउ गर्ने आदेश पनि दिएका छन्। यसैबीच संसदका स्पीकरले उनले अहिलेसम्म राजपक्षेको त्यागपत्र नपाएको बताए। आर्थिक संकटसित जुझिरहेको श्रीलंकामा लामो समयदेखि प्रदर्शन गरिरहेको जनताले राष्ट्रपति गोटाबाया राजपक्षेको राजीनामाको माग गरिरहेको छ।...
आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त

आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २ साउन – हालै भारत प्रशासित जम्मु कश्मीरमा सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले आतंककारीहरुले कश्मीर उपत्यकामा आक्रमणहरु बढाइरहेको भन्दै त्यहाँ मानवको रगत र मानवीयता सस्तो भएको समेत टिप्पणी गरे । ‘इस्लाम, साँच्चै भन्दा, हरेक धर्मले हरेक मानिसको सुरक्षामा जोड दिन्छ । यदी कुनै समस्या छ भने समाधानका लागि रगत बगाउनु मानवताको विरुद्धमा छ ।’ उनले भने । उनले कश्मीर उपत्यकामा काम गर्ने मानिसहरुको सुरक्षाको जिम्मा स्थानीय जनताको पनि भएको टिप्पणी गरे ।...