Monday, June 29सत्यम खबर
Shadow

अपराध

चिनियाँ जासुसी अभियानप्रति अमेरिका चिन्तित

चिनियाँ जासुसी अभियानप्रति अमेरिका चिन्तित

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ भाद्र – पछिल्लो समय चीनले प्रतिजासुसी अभियान अघि सारेको छ । चीनको कम्युनिष्ट सरकारले अघि सारेको नयाँ अभियानले नागरिकहरुलाई एक अर्काप्रति आशंका र जासुसी गर्न प्रोत्साहन गर्ने भन्दै विश्लेषकहरुले आलोचना गरेका छन् । गत जुलाई १ बाट प्रचलनमा आएको प्रतिजासुसी नियमबाट चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरुलाई अफ्ठ्यारो पर्ने अमेरिकी अधिकारीहरुको चिन्ता छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले चीनको नयाँ नियम र यसबाट उत्पन्न परिस्थितीको निगरानी गरिरहेको जानकारी दिएका छन् । यस अभियानको घोषणा गरेसँगै अमेरिकी विदेश मन्त्रालयले जारी गर्दै निर्देशिकामा आफ्ना नागरिकलाई मुख्यभूमि चीनको भ्रमणमा पुनर्विचार गर्न आह्वान गरेको छ । चीनको नयाँ प्रतिजासुसी नियमका कारण त्यहाँ गैरकानूनी पक्राउको जोखिम रहेको अमेरिकी विदेश मन्त्रालयको निर्देशिकामा उल्लेख छ । गत जुन १८ मा चीन भ...
हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्, युवा संगठनद्वारा बिरोध

हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्, युवा संगठनद्वारा बिरोध

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – सुनसरीको धरानमा गोरु काटेर भोज गरिएको फोटो, भिडियो सार्वजनिक सञ्जालमा भाईरल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला युवा संगठन बाँकेले बिरोध जनाएको छ । नेपालमा ८५ प्रतिशत हिन्दुहरुको बसोबास रहेको तथा धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोष्ट गर्नु दुःखद भएको हुनुका साथै हामी त्यसको कडा रुपमा बिरोध गर्दै राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आक्रोश पोखेका छन् ।यसैगरी राप्रपा युवा संगठन बाँके अध्यक्ष युवराज शाही, क्षेत्रीय अध्यक्ष बिरेन्द्र महतराज, नगर अध्यक्ष विवेक गिरी, युवा नेता रबि बर्मा, राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष नितु चन्द, युवा नेता दीपक प्रचण्ड सिंहलगायत ३ दर्जन बढी नेता तथा कार्यकर्ताहरुले बिरोध जनाउँदै बिपि चोकमा जक्काजाम समेत गरेका छन् । यसैगरी, राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्व...
सुन तस्करी आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ भाद्र – प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको परिचय प्रहरीले दिन चाहेको छैन। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। यसअघि यहि प्रकरणमा सीआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । प्रहरीले यो प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको सुन गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।...
चिनियाँका गोदाममा सिआइबीको छापा

चिनियाँका गोदाममा सिआइबीको छापा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ श्रावण – प्रहरीले करिब सय केजी सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका थप गोदाम पत्ता लगाएर छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुकेधारा, चप्पल कारखाना, बाँसबारी, सामाखुसीलगायत स्थानमा चिनियाँले भाडामा लिएका घरमा छापा हानेको हो । ती गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान भने बरामद भएका छन् । साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको छ । केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा हानिएको, तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ । तर, ती घर पनि तस्करीको सुन लुकाउन प्रयोग हुँदै आएको पुष्टि भएको छ । ती ठाउँबाट सुन लुकाउन प्रयोग भएका ब्रेकसुलगायत सामान बरामद भएको छ । साथै, चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पक्राउ परेको स्रोत बताउँछ । ‘तर, तस्करीमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूलाई ...
चिनियाँ नागरिक अवैध रकमसहित पक्राउ

चिनियाँ नागरिक अवैध रकमसहित पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ श्रावण – अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई आज राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।...
ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष माधव नेपाल

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष माधव नेपाल

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् । उनले जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ ।’ आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर हल्ला चलाएकाले पूर्वनिर्धारित युरोपका केही देशका भ्रमण कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएकोउनले जानकारी दिए । अध्यक्ष नेपालले आफू यसअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट प्राप्त नहुँदा ढिला भएको ब...
चिनियाँ अपराधको सञ्जालले नेपालमा बढ्दै सुरक्षा चुनौती

चिनियाँ अपराधको सञ्जालले नेपालमा बढ्दै सुरक्षा चुनौती

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ श्रावण – नेपालमा चिनियाँ नागरिकको अपराधको सञ्जाल बढ्दै जाँदा यसले सुरक्षामा गम्भीर चुनौती थपिएको पाइएको छ । सुरक्षा निकायलेसमेत यसलाई गम्भीर प्रकृतिको समस्या सिर्जना भएको भन्दै आन्तरिक संरचना बलियो बनाउन लागिपरेको बताएको छ ।विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायत स्वीकार्छन् । चिनियाँको अपराध बढेसँगै चिनियाँ नागरिकमाथि निगरानी बढाइएको उनको भनाइ रहेको छ । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ पक्राउ परेका छन् । गत आर्थिक वर्षमा नेपालमा ४२ चिनियाँ पक्राउ परेका थिए । यो संख्या विगतका तुलनामा निकै बढी हो । आर्थिक वर्ष ०७८–७९ मा १३ तथा ०७७–७८ मा १६ चिनियाँ नेपालमा पक्राउ परेका थिए । पछिल्लो समय अवैध सुन प्रकरणमा जब चिनियाँहरुको सहभागीता रहेको बाहिरिएको छ तब सुरक्षा निकाय थप सक्रिय भएको छ । प्र...
नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ श्रावण – नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन खुल्न थालेको छ । उनीहरु योजनावद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा संलग्न पाइएका छन् । 18 जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ । 19 जुलाईमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सुमा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । जीक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । आइतवार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्...
प्रविधि चोर्न साइबर आक्रमण

प्रविधि चोर्न साइबर आक्रमण

अपराध, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
मनोज घिमिरे२६ श्रावण २०८०, शुक्रबारनेदरल्यान्ड्स अहिले साइबर आक्रमणको समस्यामा परेको छ। डच विदेशमन्त्री ओप्को होयक्सट्राले हगले चीनमा बनेको एडभान्स माइक्रो चिप्स प्रविधिमाथिको प्रतिबन्धको निर्णय गरेको एक सातापछि यो समस्या थपिएको हो। ‘घरेलु सहभागिता पनि छ। तर, साइबार आक्रमणको समस्या चीनमा छ। यो हाम्रा लागि चिन्ताको विषय बनेको छ’ होयक्सट्राले पोलीटीकोलाई भनेका छन्। विदेश मन्त्रीले त्यहाँको इन्टिेलिजेन्सको रिपोर्टलाई आधार मानेर सो कुरा बताएका हुन्। सो रिपोर्ट अनुसार अहिले नेदरल्यान्ड्समा धेरै तर्फबाट साइबर आक्रमण भएको छ। यसमा चीन नै मुख्य चुनौती हो। नेदरल्यान्ड्स एएसएमलको गृह स्थान हो। जुन अमेरिका र जापान बाहिर ग्लोबल चिप्स उत्पादनको कोशे ढुङ्गा हो। यो कम्पनीले एडभान्स सेमिकन्डक्टर उत्पादनका लागि प्रिन्टर पनि उत्पादन गर्ने गरेको छ। यस कम्पनीले पनि अन्तर्राष्ट्रिय रूपमै प्रोपर्टी चोरीको ...
सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन । पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् । कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन । ‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा...