Monday, June 29सत्यम खबर
Shadow

अपराध

खजुरा गापा अध्यक्ष बिकले अमानवीय, अमर्यादित, तुच्छ शब्द प्रयोग गरेको भन्दै खेद प्रकट

खजुरा गापा अध्यक्ष बिकले अमानवीय, अमर्यादित, तुच्छ शब्द प्रयोग गरेको भन्दै खेद प्रकट

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १० भाद्र – नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गरेको भन्दै प्रेस मिटको आयोजना गरी खेद प्रकट गर्दै कानुनी उपचारमा जाने भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । जारी विज्ञप्तीमा ‘यही भदौ ५ गते हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड खेममान खड्काले हाम्रो पार्टीका अध्यक्ष एवम् निवर्तमान खजुरा गाउँपालिकाका अध्यक्ष कमरेड किस्मतकुमार कक्षपतिलाई पार्टी कामको सन्दर्भमा गाउँपालिकाको स्वमात्विमा रहेको ९८५८०६०११५ मा फोन सम्पर्क गर्दा हालका गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले हाम्रा अध्यक्षलाई अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गर्दै पार्टी नेता एवम् इन्चार्ज समेतलाई गाली, बेइजती र अपशब्द प्रयोग गरेकोमा अध्यक्ष...
चीनकै कारण छिमेकमा अशान्ति

चीनकै कारण छिमेकमा अशान्ति

अपराध, आर्थिक, प्रदेश ५, बिचार, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
मनोज घिमिरे२०८० भाद्र १०, आइतबारसंसारमा सबै भन्दा धेरै देशसँग सीमा जोडिएको देश चीन हो। थप महत्त्वपूर्ण विषय भनेको चीनका सीमामा रहेका देशमा जस्तो अन्य देशको सीमामा विविधता छैन। राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले भिन्न परिवेशका देशसँग चीनको सीमा जोडिएको छ। प्राय देशमा जन घनत्व बढी छ। चीनको सीमामा रहेको उत्तर कोरिया अनुदार शासन व्यवस्था भएको देशको रूपमा चिनिएको छ। म्यानमार सधैँ जसो राजनीतिक तनाव भएको देशहरूको रूपमा परिचित छ। भारत लोकतान्त्रिक देशको पर्याय मानिन्छ। जापान आर्थिक रूपले सम्पन्न देशको रूपमा रहेको छ भने ताइवान प्रविधिमा अग्रणी मानिन्छ। संयोग नै मान्नुपर्छ यी कुनै पनि देशमा चीनको सम्बन्ध सुमधुर छैन। पछिल्लो समय चीनको ताइवान माथिको अतिक्रमण बढ्दो छ। केही दिन अघि ताइवानी रक्षा मन्त्रालयले आफ्नो देशको सीमा वरपर चीनले गतिविधि बढाएको जनाएको छ। चीनले आफ्नो भूभाग दाबी गर्ने गरेको ताइवा...
वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ६ भाद्र – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको गाई काटेर खानु विडम्बना भएको बताएका हुन् । ‘देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ,’– उनले भने । धरानमा गोरु काटेर खानेहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ । रिपोर्टर्स नेपाल...
चीनको गोप्य प्रभाव अभियानहरूको खुलासा

चीनको गोप्य प्रभाव अभियानहरूको खुलासा

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – चिनियाँ कम्युनिष्ट पार्टी (CPC) ले आफ्नो सन्देश र छविलाई विदेशमा फैलाउने प्रयास गरिरहेको खुलासा भएको छ। न्यूयोर्क टाइम्सको अनुसन्धानले अमेरिकाका धनी व्यक्ति नेभिल रोय सिङ्घमले विभिन्न संस्थाहरूमार्फत सीपीसीलाई सहयोग गरिरहेको खुलासा भएको छ। तीमध्ये ‘नो कोल्ड वार’ भन्ने समूह पनि छ, जसले चीनको दृष्टिकोणलाई अगाडि बढाउन काम गरिरहेको छ। त्यसैगरी, प्रशान्त महासागरको राष्ट्र सोलोमन टापुमा, चीनको मनसाय र योगदानको बारेमा सकारात्मक समाचारहरू देखाउनको लागि एउटा अखबारलाई चीनले $130,000 भन्दा बढी दिएको रिपोर्ट आएको छ। यी कथाहरूले विश्वव्यापी स्तरमा अनुकूल छवि प्रस्तुत गर्न चीनले खेलिरहेको सक्रिय भूमिकालाई जोड दिन्छ। विवरणहरूमा डुब्दै, न्यू योर्क टाइम्सको रिपोर्टले कसरी आफ्नो बायाँ झुकावको लागि परिचित नेभिल रोय सिंघमले आफूसँग सम्बन्धित धेरै संस्थाहरू मार्फत CPC सँग सहकार्य गरिर...
नेपालका अपराधिक घटनामा बाङ्ग्लादेशी संलग्नता

नेपालका अपराधिक घटनामा बाङ्ग्लादेशी संलग्नता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – विदेशमा जागिर लगाइदिने लोभ देखाएर बाङ्ग्लादेशबाट नेपालमा ल्याएर बन्धक बनाउने अनि फिरौती उठाउने गरेको आरोपमा प्रहरीले यो साता सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका केही बाङ्ग्लादेशीसँग नेपालको नागरिकता र केहीसँग भारतको आधार कार्ड पनि पाइएको र त्यो नक्कली भएको हुनसक्ने आशङ्का गरिएको केसीले जनाएका छन्। काठमाण्डू र ललितपुरका तीन ठाउँबाट पक्राउ गरिएका दुई नेपाली र पाँच जना बाङ्ग्लादेशीविरुद्ध अहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले सङ्गठित अपहरण तथा शरीर बन्धक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ। नेपालमा लामो समयदेखि बस्दै आएका र यहाँ विभिन्न पेसा व्यवस्थामा संलग्न बाङ्ग्लादेशीहरूले नेपाली समेतसँग मिलेमतो गरी सङ्गठितरूपमा योजनाबद्ध तरिकाले बाङ्ग्लादेशबाट मानिस बोलाउने गरेको पाइएको उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बीबीसीलाई बत...
नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन खुल्न थालेको छ । उनीहरु योजनावद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा संलग्न पाइएका छन् । 18 जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ । 19 जुलाईमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सुमा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । जीक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । आइतवार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्णब...
चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून लागू गरिएको छ । यसअनुसार प्रतिजासुसी गतिविधिमा संलग्न हुने नागरिकलाई प्रोत्साहनको व्यवस्था पनि गरिएको छ । त्यसबाहेक राष्ट्रपति सी जिन्पिङले आफ्ना नागरिकलाई एक अर्काविरुद्ध जासुसी गर्न बारम्बार आह्वान गर्दै आएका छन् । यसअनुसार चिनियाँ राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको सम्प्रेषण गर्न बन्देज लगाइएको छ भने राष्ट्रिय सुरक्षा तथा जासुसीको परिभाषालाई पनि विस्तार गरिएको छ । विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, त...
सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबीले उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हाे ।जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणा पनि प्रतिवादीको सूचीमा छन् । भूमाफियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखिएको छ ।सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।यसमध्ये २०६६ सालम...
महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ५ भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना स्थलबाट रिर्पोटि· गर्ने क्रममा महासचिव पदका उम्मेदवार भीमबहादुर रानाभाटले क्यामरा अगाडी खुलेआम पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई धम्की दिएका छन् ।सत्यमखबरका सञ्चालक त्रिपाठीको भनाई अनुसार केही मतको कुरालाई लिएर विवाद सृजना भएको तथा एउटा पक्षले मतगणना हुनु पर्छ भनेको छ भने अर्को पक्षले मत परिणाम घोषणा भईसकेपछि मत गणना हुनु हुँदैन भनी रहेकै अवस्थामा क्यामरा अगाडी भीमबहादुर रानाभाटलाई प्रश्न गर्दै निर्वाचन अधिकृतले राखेको भनाई प्रति तपाईको प्रतिकृया के भन्दा रानाभाट पत्रकार माथि नै खनिएका थिए । पत्रकार माथि विभिन्न आरोप लगाउँदै तपाईले देखिरहनु भएको छ म ७ मतले विजयी भएको हुँ, तपाई कसको पत्रकार हो ? तपाई एक पक्षमा समाचार बनाउनु भयो ? तपाईलाई अगामी दिनमा पत्रकारिता गर्नु छ छैन ? भन्दै आक्रोश पोख्दै राखिएको टेबुल ठोक्दै...
ईप्रकाद्वारा अठार लाख बराबर गाडी सामान बरामद

ईप्रकाद्वारा अठार लाख बराबर गाडी सामान बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ३ भाद्र - ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ ।पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाण्डौ तर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनियाबाट नियन्त्रणमा लिएको छ ।काठमाण्डाै महानगरपालिका वडा नं. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।...