गौर हत्याकाण्ड पीडितसँगको सम्झौता गलतः माओवादी नेता
काठमाण्डौ, २६ श्रावण –काठमाडौं । एक माओवादी नेताले गौर हत्याकाण्ड पीडितसँग हालै भएको सम्झौता गलत भएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उक्त सम्झौता गलत भएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन् ।
‘नेपाल सरकार र मधेसी जनअधिकार फोरम नेपाल विच २०६४ भदौं १३ मा भएको २२ बुँदे सम्झौताको बुद्धा नं ३ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार विच भएको ८ बुँदे सम्झौताको बुँदा नं ७ मा स्पष्ट रूपमा भनिएको छ, मधेस आन्दोलनका शिलशिलामा फोरमका नेता तथा कार्यकर्ता माथि लगाएका मुद्दाहरु खारेज गर्ने छ,’ उनले भनेका छन, ‘तसर्थ गृह मन्त्रालयले रूप सागर देवी उपाध्यायसँग २०८० साउन २३ गते गरेको ५ बुँदे सम्झौताको १ नं बुँदा मधेसी जन अधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सँग गरिएको सम्झौताको विपरीत रहेको छ।’...









