Saturday, April 25सत्यम खबर
Shadow

सुन तस्करी आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ, १ भाद्र – प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुको परिचय प्रहरीले दिन चाहेको छैन। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। यसअघि यहि प्रकरणमा सीआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले यो प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको सुन गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *