Monday, June 29सत्यम खबर
Shadow

अपराध

ट्राफिक प्रहरीबाट कुटिए सर्बसाधारण

ट्राफिक प्रहरीबाट कुटिए सर्बसाधारण

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ असार - नेपालगन्जको काँरकाँदो चौकमा एक सर्बसाधारण ट्राफिक प्रहरीबाट कुटिएका छन् ।आईतवार बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देबराज सापकोटा ट्राफिकका प्रहरी सहायक निरिक्षक प्रकाश बि.क.बाट कुटिएका हुन् ।आफ्नै व्यक्तिगत प्रयोजनका लागि बाटोको भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लघन गरि मोटरसाईकलमा आएका प्रहरी सहायक निरिक्षक बि.क.ले आफ्नो भिडियो खिचेको भन्दै मोवाईल नियन्त्रणमा लिई मोवाईलमा रहेका भिडियोहरु डिलिट गरेका थिए । सापकेटा डोजरको पम्प बनाउन नेपालगन्ज आएका थिए ।पीडित सापकोटाका अनुसार, आफुले आफ्नै व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताउँदा, बताउँदै ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्क स्थित बिद्युत प्राधिकरण भित्र रहेको अस्थाई प्रहरी बिटमा लगेर कुटपिट गर्नुका साथै उनकोे सवारी चालक अनुमति पत्र लगि दिएका छन् ।आ...
व्यस्त बजारमा लुटेराद्वारा लुटियो पर्स, पर्समा १ लाख बराबरको सामान

व्यस्त बजारमा लुटेराद्वारा लुटियो पर्स, पर्समा १ लाख बराबरको सामान

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असार – कसैले नसोचेको घटना कहिले कसो घटने गरेको पाईन्छ । यसैगरी एउटा घटना बुधबार राती करीब ७ः१५ बजे घटेको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्र व्यस्त बजारको रुपमा पहिचान बनाउन सफल सदरलाईनमा चोरीको घटनाले सबैलाई चकित बनाएको छ ।न्यू खालसा ज्वैलर्सका प्रोप्राईटर पपिन्द्र सिंहको भनाई अनुसार बुधबार राती करीब ७ बजेतिर मेरो परिवार घर जान लागेको बेला पसल अगाडी कुरा गर्दैको अवस्थामा एक जनाले झपट्टा मारी मेरो परिवारको हातबाट उसले बोकेको पर्स लुटेर लगेको बताए ।लुटेर त्रिभुवन चोक तर्फ गएको, उसको पछाडी लाग्दा समेत पक्राउ गर्न नसकेको बताउँदै त्रिभुवन चोकमा रहेको प्रहरीलाई यस बारे जानकारी गराउँदा आफूहरुलाई जानकारी नभएको बताएको गुनासो पोख्दै प्रहरीले चोकमा डियुटी गरिरहेको अवस्थामा कोही पर्स बोकी भागेको अवस्थामा समेत जानकारी नहुनु गैरजिम्मेवारी बाहेक केही होइन भन्ने दुःखेसो पोखे । न्यू खालस...
सोलार प्यानलको ठगी रकम कहिले पाउने आशमा नरैनापुरका स्थानीय पालिकाबासी

सोलार प्यानलको ठगी रकम कहिले पाउने आशमा नरैनापुरका स्थानीय पालिकाबासी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ५ असार – केही समय अगाडी बिकट क्षेत्रको नामले पहिचान कमाउन सफल नरैनापुर गाउँपालिका हाल भ्रष्टाचार र ठगीमा नाम कमाउन सफल पालिकाको उपाधी पाउन सफल भएको छ । केही समय अगाडी मात्र शिक्षक भर्नामा ब्यापक आर्थिक चलखेल गरिएको समाचार सेलाउन नपाउँदै ६ वर्ष अगाडी सोलार प्यानल वापत ५ हजारका दरले उठाईएको रकम ठगी प्रकरण सामुन्ने आएको छ ।यस बारे यस अघिको पनि प्रकाशित समाचारमा केही वार्डहरुलाई मात्र समेटिएको थियो । तर नरैनापुर पालिका भित्र रहेको ६ वटै वार्डहरुका बासिन्दाहरुबाट करीब ५० लाख भन्दा बढी रकम उसूल गरी ठगी गरिएको थियो । जुन हालसम्म केही गरिब निमुखा जनता बाहेक कसैले पाउन सकेका छैनन् ।उक्त रकम सोनार प्यानलको नाममा उठाउन वडाका जनप्रतिनिधि, पालिका प्रमुख ईस्तियाक अहमद शाहका आसेपासेहरुलाई प्रयोग गरिएको स्थानीयहरुको भनाई रहेको छ । सो बारे स्थानीय प्रहरी, प्रशासन समेत मौन रहेको स्थानीयहरुको आरोप ...
मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ असार – नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेजको कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो । काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेन पावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई...
चिनियाँ तस्करसँग नेपाली नागरिकता प्रकरण संसदमा पुग्यो

चिनियाँ तस्करसँग नेपाली नागरिकता प्रकरण संसदमा पुग्यो

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ असार – चिनियाँ सुन तस्करसँग नेपाली नागरिक फेला परेपछि यो विषय संसदमा पनि उठेको छ। जनमतका सांसद अब्दुल खानले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यो विषय उठाएका हुन्। नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने र विदेशीलाई नागरिकता दिने कायम भएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने, विभिन्न किसिमका व्यवधान खडा गर्ने अनेकौ झन्झटिला प्रक्रिया राख्ने तर विदेशी नागरिकले नेपाली नागरिकता लिएर सुन तस्करी गरिरहेका छन्,’ खानले भनेका छन्, ‘यसमा सम्बन्धीत निकायको ध्यान जाओस्।’ चिनियाँ नागरिकको ठाउँमा भारतीय नागरिक भइदिएको भए सायद ठूलै हंगामा हुन्थ्यो भन्दै उनले प्रश्न गरेका छन्। प्रहरीले सोमबार मात्र तस्करीको ६ केजी सुनसहित चिनियाँ नागरिक सेरब ग्याल्मोलेलाई पक्राउ गरेको थियो। उनले सोनाम गुरुङको नाममा मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएका थिए। ने...
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ असार – आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो । उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ । सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थ...
पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असार – पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात बन्दुकधारीले दुई जनाको गोली प्रहार गरी हत्या गरेका हुन् । छुट्टाछुट्टै घटनामा पाकिस्तानको पञ्जाब प्रान्तस्थित मण्डी बहाउद्दिन जिल्लाका ६२ वर्षीय गुलाम सरवर र राहत अहमद बाजवाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार बेलुकीको प्रार्थना सकेर घर फर्किँदै गर्दा गुलाम सरवरलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन इण्डिया टीभीको अनलाइन संस्करणले जनाएको छ । त्यसैगरी, अर्को घटनामा आफ्नो केटरिङ पसलबाट घर फर्किँदै गर्दा राहत बाजवामाथि गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय सइद अली राजालाई पक्राउ गरेको छ । राजाले बाजवाको आस्थाका कारण आफूले गोली प्रहार...
भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
तिब्बती नागरिक शेरब ग्याल्मोसँग मुस्ताङबाट जारी नेपाली नागरिकता !काठमाण्डौ, ३ असार – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो अवैध सुनसहित एकजना तिब्बती नागरिकलाई आइतबार पक्राउ गरेको छ । ९९९.९ गोल्ड १ केजी लेखिएको ६ थान अवैध सुनसहित पक्राउ पर्नेमा ३७ वर्षीय तिब्बती नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार नेपाली नाम सोनाम गुरुङ लेख्ने यी तिब्बती नागरिकबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद भएको छ। ३६ वर्षीय ग्याल्मो पछिल्लो समय काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएका थिए । उनले लामो समयदेखि अवैध सुन भन्सार छलेर चोरी पैठारी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले खबरहबलाई बताए । उनको साथबाट सीआईबीले नेपाली नागरिकता पनि बरामद गरेको ...
नेपाली नागरिकता बोकेर काठमाडौंमा धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ, ६ किलो सुन र ४८ लाख पनि बरामद

नेपाली नागरिकता बोकेर काठमाडौंमा धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ, ६ किलो सुन र ४८ लाख पनि बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असार – चिनियाँ गिरोहले नेपालमा धन्दा चलाउदै आएको पाइएको छ। नेपालमा सुन तस्करीमा प्रमुख हात चिनियाँहरुको हुने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) आइतबार राति बौद्धस्थित तीनचुली क्षेत्रबाट एक चिनियाँलाई पक्राउ गरेको छ। उनले सोनाम गुरुङ नामको नेपाली नागरिकता पनि बोक्ने गरेको पाइएको छ। उक्त नागरिकता नक्कली भएको आशंका छ। प्रहरीले ती व्यक्तिको साथबाट ६ किलो सुन र ४८ लाख नगद पनि बरामद गरेको छ। नेपाल पाना...
पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेठ – मंगलबार अबेर राती राप्ती सोनारी गाउँपालिका वडा नं. ७ स्थिति रहेको पोखरा माता मन्दिर लालपुर गौशालाबाट १०० बढी गाईहरु चोरी भएको थियो ।उक्त चोरी भएको गाई जो हाम्रो देश नेपालको राष्ट्रिय जनावर समेत रहेको छ । धार्मिक ग्रन्थमा हिन्दुहरुको आस्था रहेको हुँदा कसैले गौशालाबाट गाई चोरी गरि लगेको स्थानीयहरुको आरोप रहेको थियो । तर आज डुडुवा गाउँपालिका वडा नं. ३ हलबल डोली स्थित गाउँको चौरमा करीब ६० थान गाईहरु फेला परेको अनिशकुमारले जानकारी गराउनुभयो । अनिशकुमारले दिएको जानकारी अनुसार ६० थान गाई हाल हलबल डोली गाउँको चौरमा (खेत) मा घास खाईरहेको अवस्थामा फेला परेको हुँदा हामीले स्थानीय बेतहनी स्थित ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका छौं ।यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार भगवानपुर ईलाका प्रहरी कार्यालयले पहल गरिरहेको छ ।...