नेपालगन्ज, ६ असार – कसैले नसोचेको घटना कहिले कसो घटने गरेको पाईन्छ । यसैगरी एउटा घटना बुधबार राती करीब ७ः१५ बजे घटेको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र व्यस्त बजारको रुपमा पहिचान बनाउन सफल सदरलाईनमा चोरीको घटनाले सबैलाई चकित बनाएको छ ।
न्यू खालसा ज्वैलर्सका प्रोप्राईटर पपिन्द्र सिंहको भनाई अनुसार बुधबार राती करीब ७ बजेतिर मेरो परिवार घर जान लागेको बेला पसल अगाडी कुरा गर्दैको अवस्थामा एक जनाले झपट्टा मारी मेरो परिवारको हातबाट उसले बोकेको पर्स लुटेर लगेको बताए ।
लुटेर त्रिभुवन चोक तर्फ गएको, उसको पछाडी लाग्दा समेत पक्राउ गर्न नसकेको बताउँदै त्रिभुवन चोकमा रहेको प्रहरीलाई यस बारे जानकारी गराउँदा आफूहरुलाई जानकारी नभएको बताएको गुनासो पोख्दै प्रहरीले चोकमा डियुटी गरिरहेको अवस्थामा कोही पर्स बोकी भागेको अवस्थामा समेत जानकारी नहुनु गैरजिम्मेवारी बाहेक केही होइन भन्ने दुःखेसो पोखे ।
न्यू खालसा ज्वैलर्सले आफ्नो पसलमा लगाएको सिसि टिभि क्यामरामा समेत लुटेराहरुले सामान लुट्नु अगाडी के कसरी अवस्थामा लुटेको देखिएको भएपनि प्रहरीले चासो नदिंदा २१ घण्टा बढी समय बितिसक्दा लुटेराहरुको कुनै अत्तोपत्तो नभएको सञ्चालक सिंहले बताउँछन् ।
सञ्चालक सिंहका अनुसार परिवारको पर्समा १ थान मोबाईल (५५ हजार), २० हजार बढी नगद रकम, घरको साँचो लगायत सामानहरु रहेको सो सामानहरुको मूल्य करीब १ लाख पर्ने बताउनुभयो ।
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अनुसन्धान भईरहेको जानकारी गराउँदै अलि ढिलो सूचना प्राप्त भएपनि हाल विभिन्न ठाउँमा रहेको सिसि टिभि फुटेडहरुमार्फत खोज्ने कार्य भईरहेको बताउनुभयो ।
लिंकमा क्लीक गरी भिडियो पनि उपलब्ध छ हेर्नलाई