Monday, June 29सत्यम खबर
Shadow

अपराध

२० लाख बढीको सामान नियन्त्रणमा

२० लाख बढीको सामान नियन्त्रणमा

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेठ – नेपालगन्जमा यात्रुबाहक बसभरी सामान राखेर भन्सार छलेर भन्सार कै बाटो भारतबाट नेपालगन्ज आउँदा पनि भन्सार प्रशासनले बेवास्ता गर्ने गरेको छ । बसमा भरिभराउ सामान लोड गरेर भारतीय सिमानाकाबाट भन्सारको ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा पुगेपछि सामान बोकेको बस प्रहरीको नियन्त्रणमा परेको छ । नेपाल भारत सीमा प्रहरी, भन्सार र चौलिक्का चोकको शसस्त्रको जाँच चोकी पार गरेर बिना भन्सारको सामान बोकेर नेपालगन्जको बिपी चोक पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारत तर्फबाट आउँदै गरेको भे. १ ख ३१४९ नम्बरको यात्रुबाहक बसलाई बिना भन्सारको सामान सहित नेपालगन्जज ११ बि.पीचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बसमा बस सहित २० लाख बढीको सामान बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बसबाट २ थान एसी, ४९ थान कुर्ता सुरुवाल, ३० रोल थान कपडा बरामद भएको हो...
नरैनापुर गाउँपालिका प्रमुख शाहको निर्देशनमा सोलार प्यानलबाट ५० लाख बढी रकम ठगी, ६ सय बढीले पाएनन सोलार प्यानल

नरैनापुर गाउँपालिका प्रमुख शाहको निर्देशनमा सोलार प्यानलबाट ५० लाख बढी रकम ठगी, ६ सय बढीले पाएनन सोलार प्यानल

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २७ जेठ – भ्रष्टाचार र ठगीको अर्को नाम नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । केही दिन अगाडी मात्र शिक्षामा माफियाहरुको हाबी रहेको समाचार सत्यमखबर मार्फत प्रशारण गरिएको थियो । आज सोही शिक्षामा आबद्ध सज्जाक खाँको नाम पुनः सौर्य ऊर्जा सोलार प्यानलमा समेत मुछिएको छ ।सज्जाक खाँको भाईले आफ्नो वार्डबाट सोलार प्यानल वापत ५ हजारका दरले स्थानीयहरुसित पैसा संकलन गरी ठगी गरेका छन् । संधै विवादित कुराले गर्दा चर्चामा आईरहने बाँकेको नरैनापुर गाउँपालिका भ्रष्टाचारको अर्को एउटा घटना सार्वजनिक भएको छ । सो घटना ५ वर्ष अगाडी कै भएपनि हाल बृहत चर्चा हुन थालेको छ पीडितले न्याय नपाएपछि । गाउँपालिकाले सौर्य ऊर्जा उपलब्ध गराई दिने भन्दै पालिका भित्र १ हजार भन्दा बढी स्थानीयहरुसँग जनही ५०००।– को दरले पैसा ठगी गरेको पीडितहरुले बताएका छन् । oplus_0 गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा ६ वटै ...
सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २५ जेठ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी जग्गाको अभिलेख संरक्षण गर्न निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण कार्यसूचीमाथि छलफल भएको थियो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतसँग छलफल गरेको थियो । छलफलपछि समितिले हाल जमिनहरूलाई सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी गरी जग्गाको आधारभूत वर्गीकरण गरिएको देखिएतापनि यस्ता जग्गाहरूको अद्यावधिक अभिलेखीकरण, प्रयोगको वास्तविक अवस्थाको विवरण तथा आवश्यक संरक्षणमा तीनै तहबिच नीतिगत स्पष्टता एवं आवश्यक समन्वय हुन नसकेको ठहर गरेको छ । तीन तहको सरकार मात्रै नभएर मालपोत कार्यालय, नापी कार्यालय तथा स्थानीय प्रशासनबिच समे...
भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ जेठ – नेपाल र भारतको सीमावर्ती रुपईडिहामा सुन तस्करी दिनप्रतिदिन बढ्दै गएको भन्दै क्षेत्रीय जिम्मेवार अधिकारीले पत्रकारलाई सोध्दा पनि मनमानी ढंगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिने गरेका छन् । गत बुधबार दिउँसो भारतीय रुपैयाँ बरामद भएको जानकारी प्राप्त भएको थियो । त्यसको सत्यता पुष्टि गर्न पत्रकारले सम्बन्धित निकायमा पटकपटक सम्पर्क नम्बरमा सम्पर्क गर्ने प्रयास गरे पनि न त प्रहरीले न त एसएसबीले पत्रकारको फोन उठायो न कुनै जानकारी दिएको थियो ।सुरक्षाकर्मीले कतिपय ठाउँमा पैसा बरामद गर्छन् र अन्य ठाउँमा देखाउँछन् । हालको प्रशासन अघि, क्षेत्रीय पत्रकारहरू निको हुने बित्तिकै बोलाइयो । पक्राउ परेका अपराधीलाई सञ्चारकर्मी आएर सोधपुछ गर्ने गर्दथे । पूर्ण पारदर्शिता हुन्थ्यो । यो पारदर्शिता विगत ५, १० वर्षमा रोकिएको छ । सुरक्षा बलले आफूले चाहेको जफत गर्छ र प्रेस विज्ञप्ति जारी गर्छ । ...
चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’ राष्ट्रिय एकता अभियानले गर्‍यो भत्सर्ना 

चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’ राष्ट्रिय एकता अभियानले गर्‍यो भत्सर्ना 

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १६ जेठ - राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’प्रति भत्सर्ना गरेको छ । एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेको हो ।  राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय संयोजक विनय यादव विज्ञप्ति जारी गर्दै भने, ‘राजदूतको कार्य गलत र कूटनीतिक मान्यता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विश्वास गर्दछ । एक विदेशी कूटनीतिज्ञले सम्मानित पत्रकारलाई धम्की दिने प्रयास गर्नु चिन्ताजनक हो ।’ चिनियाँ दूतावासलाई यो समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न र फेरि यस्तो नदोहोरिने सुनिश्चित गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।   पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा धम्कीयुक्त भाषामा ‘रिप्लाई’ गरेका थिए ।  पत्रकार बुढाथोकील...
बंगलादेशका सांसदको भारतमा हत्या- टुक्रा पारे शव नहरमा, सुन तस्करीसँग जोडियो

बंगलादेशका सांसदको भारतमा हत्या- टुक्रा पारे शव नहरमा, सुन तस्करीसँग जोडियो

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ जेठ – भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ । टुक्रा पारिएको शवलाई नहरलगायत धेरै ठाउँमा फालिएको दाबी गरिएको छ । २ दिनअघि पक्राउ परेका आरोपी जिहाद हवलदारले सोधपुछका क्रममा यो कुरा स्वीकार गरेका छन् । यसैबीच, बंगलादेशको गुप्तचर अधिकारीहरूले सांसद अनवरुलले आफ्नो अमेरिकी साथी र आरोपी मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करीको र्याकेट चलाउने गरेको अधिकारीहरूले आशंका गरेका छन् । यस अन्तर्गत उनीहरु दुबईबाट बंगलादेश हुँदै भारतसम्म सुनको ओसारपसार गर्ने गर्दथे । गत वर्ष अख्तरुज्जमान र बंगलादेशी सांसदले पैगम्बरमा थप हिस्सेदारीको लागि आग्रह गरे, जसले उनीहरूबीच विवाद मच्चियो । केही समयपछि अख्तरज्जमानले अनवरुल एक्लैले करिब ८० करोड भारु बराबरको सुनको तस्कर गरिरहेको ...
‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)

‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)

अपराध, अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ जेठ – ‘कंही नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हाल नरैनापुर गाउँपालिका भित्र देखिएको छ । विषय शिक्षा सम्बन्धी विवाद रहेको थियो । एक पक्षले नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावामा शिक्षक भर्ना क्रममा विद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै विरोध जनाउँदै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखा नरैनापुरमा तालाबन्दी गरेका थिए ।सोही विषयलाई समाधान गर्न कता हो कता थप शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले आफ्नो बल प्रयोग गर्दै आफू मतहतमा रहेका विद्यालय शिक्षकहरुद्वारा नै ताला तोडफोड गर्न लगाई थप समस्या बल्झाएका छन् । त्यति मात्रले पनि नभएर नरैनापुर गाउँपालिकाका कर्मचारीहरुले छुट्टै मिटि· बसी अनिश्चित कालसम्म गाउँपालिका भित्र रहेको सम्पूर्ण वडाहरुको कामकाज नै ठप्प गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । यी प्रकरणले समेत बुझ्न सजिलो भएको...
समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहारका साथै सञ्चार सामग्री तोडफोड, भएन जाहेरी दर्ता

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहारका साथै सञ्चार सामग्री तोडफोड, भएन जाहेरी दर्ता

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – बाँकेको नरैनापुरमा आज २ जना पत्रकारलाई दुव्र्यहार भएको छ । समाचार संकलनका क्रममा सत्यम खबर डटकम अनलाईनका सचालक चन्द्रेश्वर राज त्रिपाठी र खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल माथि दुर्ब्यहार भएको हो ।नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए । सोही समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरु माथि शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारुले बोलाएको ब्यक्तिहरुले दुबै जनालाई गाली गलौज गर्दै सञ्चार सामग्री समेत तोडफोड गरेका छन् ।बिद्यालय निरीक्षक थारुले बोलाएका आधा दर्जनको संख्यामा आएका ब्यक्तिहरुले सत्यमखबरका सञ्चालक चन्द्रेश्वर राज त्रिपाठीको मोबाईल समेत फुटालेका छन् ।समाचार संकलनमा रोक लगाउँदै गाली गालौजसहि...
३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल,पूर्व राष्ट्रपतिदेखि बरिष्ठ कलाकारसम्मलाइ विज्ञापन गराएर सर्वसाधारसँग ठगी

३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल,पूर्व राष्ट्रपतिदेखि बरिष्ठ कलाकारसम्मलाइ विज्ञापन गराएर सर्वसाधारसँग ठगी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ जेठ – सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल भएको छ। श्री केश तेल टिकाराम बुढाथोकीले सञ्चालन गर्दै आएका छन्। बुढाथोकीले पूर्व राष्ट्रपतिदेखि कालाकारसम्मलाइ प्रचार गर्न लगाएर सर्वसाधारणलाइ ठगी गरिएका छन्। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको खुलासा भएको छ। हरेक बोतलको तीन हजार सम्म असुली गरेर जोड तोड्का साथ टेलिभिजनदेखि अनलाइन मिडिया,पूर्व राष्ट्रपति,कलाकार र हेरक सामाजिक सञ्जालमा विज्ञापन गरेर सर्वसाधारणलाइ ठगी गरेको पाइएको हो। श्री केश तेलका नियमित ग्राहक विकाश श्रेष्ठले भने मैले एक बर्ष भन्दा बढी यो तेल लगाए सुरूमा ठिकै जस्तो लाग्यो कपाल पलाए जस्तो पनि भयो अनि मैले नियमित प्रयोग गर्न थाले र कपाल पलाउने आस पनि निकै ठूलाे राखेकाे थिए तर त्यस्ताे केही प...
प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – रुमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो । ‘जो थिचोमिचोमा परेका छन्, सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो ।यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई–पहाड फास्...