Sunday, February 9सत्यम खबर
Shadow

चिनियाँ तस्करसँग नेपाली नागरिकता प्रकरण संसदमा पुग्यो

काठमाण्डौ, ४ असार – चिनियाँ सुन तस्करसँग नेपाली नागरिक फेला परेपछि यो विषय संसदमा पनि उठेको छ।

जनमतका सांसद अब्दुल खानले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यो विषय उठाएका हुन्। नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने र विदेशीलाई नागरिकता दिने कायम भएको भन्दै उनले आपत्ति जनाएका छन्।

‘नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने, विभिन्न किसिमका व्यवधान खडा गर्ने अनेकौ झन्झटिला प्रक्रिया राख्ने तर विदेशी नागरिकले नेपाली नागरिकता लिएर सुन तस्करी गरिरहेका छन्,’ खानले भनेका छन्, ‘यसमा सम्बन्धीत निकायको ध्यान जाओस्।’

चिनियाँ नागरिकको ठाउँमा भारतीय नागरिक भइदिएको भए सायद ठूलै हंगामा हुन्थ्यो भन्दै उनले प्रश्न गरेका छन्।

प्रहरीले सोमबार मात्र तस्करीको ६ केजी सुनसहित चिनियाँ नागरिक सेरब ग्याल्मोलेलाई पक्राउ गरेको थियो। उनले सोनाम गुरुङको नाममा मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएका थिए। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *