Thursday, December 12सत्यम खबर
Shadow

नेपाली नागरिकता बोकेर काठमाडौंमा धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ, ६ किलो सुन र ४८ लाख पनि बरामद

काठमाण्डौ, ३ असार – चिनियाँ गिरोहले नेपालमा धन्दा चलाउदै आएको पाइएको छ। नेपालमा सुन तस्करीमा प्रमुख हात चिनियाँहरुको हुने गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) आइतबार राति बौद्धस्थित तीनचुली क्षेत्रबाट एक चिनियाँलाई पक्राउ गरेको छ। उनले सोनाम गुरुङ नामको नेपाली नागरिकता पनि बोक्ने गरेको पाइएको छ।

उक्त नागरिकता नक्कली भएको आशंका छ।

प्रहरीले ती व्यक्तिको साथबाट ६ किलो सुन र ४८ लाख नगद पनि बरामद गरेको छ। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *