
नेपालगन्ज, ६ अषाढ – बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा ९औ अन्तर्राष्टिय योग दिवशको अवसरमा योगाभ्यासका साथै आयुर्वेदको स्तरउन्नती कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरी योग दिवश मनाएको छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.गीता रेग्मीको अध्यक्षता र बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति सदस्य अछरी पोखरेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो । प्रमुख अथिति पोखरेलले विभिन्न योगाभ्यासीहरु एकजुट भइ आयुर्वेद, योग, ध्यानको महत्वको बारेमा जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो । “मानबताको लागि योग” भन्ने मूल नाराका साथ आयोजना गरीएको नबौ अन्र्तराष्टिय योग दिवशमा बोल्दै सदस्य पोखरेलले योग दिवशमा बर्षभरीका कार्यको समिक्षा गर्दै अगाडि बड्न जरुरी रहेको बताउनु भयो । उहाँले कोरोना पछि सरकारले पनि आयुर्वेदलाइ महत्व दिएको हुदा विभिन्न औषधालय, नागरिक आरोग्य केन्द्र, विभिन्न योगाभ्यासीहरु एकजुट भइ अगाडि बढ्न सके योगको महत्व बढ्ने संकेत गर्नु भयो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका निबर्तमान कार्यालय प्रमुख एवं आयुर्वेद विज्ञ डा.अनिलकुमार चौधरीले आफु कार्यालयमा सेवानिबृत भए पनि आफुसंग भएको ज्ञान र सेवा प्रदानमा आफु तत्पर रहेका बताउनु भयो । यसैगरी चिकित्सक सन्तोस शर्माले आयुर्वेदको महत्व र इतिहासको बारेमा जानकारी गराउदै २०४७सालदेखि बाँकेमा योगको शुरुवात भएको बताउदै बाँके जिल्ला प्रशासन कार्यालयमा रहेको कर्मचारी मिलन केन्द्रको हलमा योगको शुरुवात भएको बताउनु भयो ।
पताञ्जली योग समितिका केन्द्रिय सदस्य नरकान्त जोशीले योग भनेको जोड्ने भएका कारण धेरै भन्दा धेरै मानिस जोडिन आवश्यक रहेको बताउदै योगको महत्वका बारेमा प्रचार गर्न जरुरी रहेको बताउनु भयो ।उहाँले मानिस स्वस्थ्य रहनको निम्ति योगका साथै आहार विहारमा पनि सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
खजुरा नागरिक आरोग्य केन्द्र प्रमुख किरण खनालद्धारा सञ्चालित कार्यक्रममा दिलिपकुमार नायक, डा. शिब सुवेदी, अम्बिका शाह, समाजसेवी जे.के.सिंह, औषधालय र नागरिक आरोग्य केन्द्र, योग समिति नेपाल लगायतका संस्थाका प्रतिनिधिको ठूलो संख्यामा सहभागीता रहेको थियो ।