Tuesday, April 14सत्यम खबर
Shadow

२४ लाखबढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज, १० जेष्ठ – बाँके जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेले २४ लाख बढिको स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।
बाँकेमा कोभिड महामारी नियन्त्रणका लागि आइतबार बि–ग्रुपले बाँकेले २४ लाख ६१ हजार ६ सय ६१ रुपैया मुल्य बराबरको स्वास्थ्य तथा सरसफाईका सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष शिवराम गेलाललाई हस्तान्तरण गरेको हो ।


युकेएडको आर्थिक सहयोगमा सेफ द चिल्डेन कन्सोर्टियम अन्तर्गत केयर नेपालमार्फत बि–गु्रपका सचिव टेकबहादुर पुन र निर्देशक डम्वर सुनार सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
सो स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष गेलालले विपतको बेलामा बि–ग्रुपले कोभिड शुरुवाती चरणदेखि नै बाँकेमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । साथै साझेदार सामाजिक संघसंस्थाको सहयोगले अहिले कोभिड नियन्त्रणतिर गईरहेको पनि जानकारी दिनुभयो ।
आगामी दिनमा कोभिडको अवस्था हेरी साझेदारी गरि स्वास्थ्य सामाग्री सहयोग गरिने बि–ग्रुपका निर्देशक डम्मर सुनारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *