Tuesday, June 16सत्यम खबर
Shadow

समाज

१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ वैशाख – १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । नेपालगन्ज रंगशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो । कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजतर १३ कास्य पदक प्राप्त गर्दै यस वर्षको उपाधि जितेको हो । दोस्रो भएको नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगितामा १५ स्वर्ण, ११ रजतर १९ कास्य पदक जितेको थियो भनेखजुरा गाउँपालिकाले ८ स्वर्ण, ४ रजत तथा ९ कास्य पदक जितेको थियो । बिजेताहरूलाई कोहलपुर नगरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो । कोहलपुर नगरपालिकाले यस अघि १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो । प्रतियोगितामा राप्ती सोनारी गाउँपालिकाले अनुशासन तर्फ उत्कृष्टताको पुरस्कार पाएको छ ।...
प्रथम अशोक स्मृतिकप: न्यु बागमतिले हरायो योगिनीलाई

प्रथम अशोक स्मृतिकप: न्यु बागमतिले हरायो योगिनीलाई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३१ वैशाख – न्यु बागमति युवा क्लबले प्रथम अशोक स्मृतिकप -यु–२०)फुटबल प्रतियोगितामा सफलता हासिल गरेको छ । न्यु बागमति युवा क्लबले बुधबार योगिनी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको खेलमा न्यु वागमतिको लागि अनिपाल शाहीले खेलमा निर्णायक गोल गर्नु भएको थियो । शाहीले ४८औं मिनेटमा गोल गर्दै बागमतिलाई जित दिलाउनु भयो । खेलमा शाही प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई आयोजकश्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारलगायतले पुरस्कृत गर्नु भएको थियो । श्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकीगाउँपालिका–०४बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगिताला...
क्यान्सर अस्पतालमा मनाईयो अन्तर्राष्ट्रिय नरसिङ्ग दिवस

क्यान्सर अस्पतालमा मनाईयो अन्तर्राष्ट्रिय नरसिङ्ग दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नरसिङ्ग दिवस मनाइएको छ । सुशील प्रखर क्यान्सर अस्पताल खजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ज्वलन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोलेरेन्स नाइटीङ्गोलको तस्बीरमा अबीर सहित मल्यापर्णका साथै मैनबत्ती बाली कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा सञ्चालित रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीका अनुसार अन्तर्राष्ट्रिय नरसिङ्ग दिवसमा सुशील प्रखर क्यान्सर अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई फलफूल बितरण गर्नुका साथै अस्पताल परिसरमा सरसफाई समेत गरिएको थियो । सो कार्यक्रमको सञ्चालन रोशनी सुवेदीले गर्नुभएको थियो ।...
टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई

टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० वैशाख – नेपालगन्जको धम्बोझी क्लबले प्रथम अशोक स्मृति कप -यु–२०)फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा धम्बोझी क्लबले न्यु दर्पण स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा खेल सकिएको थियो । खेलमा धम्बोझीका गोलकिपर नविनराज परियार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो । श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायो...
राष्ट्रपति रनिङ्ग शिल्डः कबडडी छात्रछात्राको स्वर्ण जित्यो खजुराले

राष्ट्रपति रनिङ्ग शिल्डः कबडडी छात्रछात्राको स्वर्ण जित्यो खजुराले

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३० वैशाख – खजुरा गाउँपालिकाको छात्र र छात्रा टिमले नेपालगन्जमा जारी १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा कबड्डी तर्फ स्वर्ण जित्न सफल भएको छ । नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको फाईनमा खजुराले नेपालगन्ज उपमहानगरपालिकालाई पराजित गरेको थियो । छात्र तर्फको कबड्डीमा बैजनाथ गाउँपालिका तेस्रो र कोहलपुर नगरपालिका तेस्रो भयो । छात्रा तर्फको कबड्डीमा खजुराले नेपालगन्जलाई पराजित गरेको थियो । छात्रा कबड्डीमा बैजनाथ तेस्रो र कोहलपुर तेस्रो भएको छ । यसैगरी छात्र तर्फको हाइजम्पमा नेपालगन्ज उपमहानगरपालिकाका अविनास थारु प्रथम, नरैनापुरका मोहम्मद मुक्तार खाँ दोस्रो र नेपालगन्जकै रमित थारु तेस्रो हुनु भयो । अविनासले १.६४ मिटर, रमित र मोहम्मदले समान १.६१ मिटर जम्प गरेपनि फाउलको आधारमा रमित दोस्रो हुनु भएको एथ्लेटिक्सका पुर्व राष्ट्रिय प्रशिक्षक चन्द्र गुरुङले बताउ...
अष्टम एकीकरण दिवसमा शतक रक्तदाता सहित ५७ जनाले गरे रक्तदान

अष्टम एकीकरण दिवसमा शतक रक्तदाता सहित ५७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ गाउँपालिका वार्ड नं.–६ बनकटवा सम्झना चौकको आयोजनमा बैशाख २९ गते मंगलवार शतक रक्तदाता सहित ५७ जनाले रक्तदान गरेका छन । अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा रहेको अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता पवन जायसवालले १०८ औं पटक रक्तदान गरेका छन् । यसरी सुनिल रसाइली, सहायक प्रबन्धक जगतराम गडरिया, बिजय सिंह थारु, बिमलकुमार शर्मा, ठगेन्द्र बिष्ट, जनक आचार...
रोयल इनफिल्डको गोरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक

रोयल इनफिल्डको गोरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ बैशाख – रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन प्रोफारमेन्स रोडस्टर गरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक गरिएको छ । दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने रोयल इनफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले जनाएका छन् । एमडी सिंहका अनुसार गरिल्ला ४५० तीन भेरियन्ट – एपेक्स, दास र फ्लेक्स तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ । रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, æ१२५ वर्षको पुरी मोटरसाईकिलि· यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम भएको बताएका छन् । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो – चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी र...
खजुरा डी गाउँमा सुरु भयो प्रथम अशोक स्मृतिकप फुटबल, न्यु डाँफेको विजयी सुरुआत

खजुरा डी गाउँमा सुरु भयो प्रथम अशोक स्मृतिकप फुटबल, न्यु डाँफेको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २८ वैशाख – न्यु डाँफे स्पोर्टस क्लबले प्रथमअशोक स्मृतिकप फुटबल प्रतियोगितामाविजयी सुरुआत गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लबले सडनडेथमा -७–५ ले) कालिका युवा क्लब बर्दियालाई पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नेन्यु डाँफे स्पोर्टस क्लबका रोयलपुन मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार सिमलघारी एफसी र चन्द्र ज्योति युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । श्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना र सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजनामा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको...
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २७ बैशाख – बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक ल्याएर शिखा स्कुलले उपाधि जितेको हो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रोर १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगन्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६/६ वटा स्वर्ण पदक जितेरछात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरीका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आयोजक शिखा एक...
आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल

आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल

आर्थिक, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २७ वैशाख – प्रथम अशोक स्मृतिकप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा शुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेले जनाएको छ । सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लब र कालिका युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । बाँके खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक ग...