सँघीय कृषकको सार्वजनिक सुनवाई सम्पन्न
बाँके,२० चैत्र । सँघीय कृषक समुह जमुनीले आफनो दोस्रो सार्वजनिक सुलनाई सम्पन्न गरेको । समुहले साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेकोे ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजनाको सार्वजनिक सुनवाई सम्पन्न गरेको जनाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गँगापुरको जमुनीमा मा रहेको कृषक समुहले सो क्षेत्रमा पहिलो पटक नमुनाको रुपमा परवर खेतीको शुरुवात गरेको सार्वजनिक सुनवाईमा बताईएको थियो । साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेको ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजना अन्र्तगत आधुनिकरुपले तालीम र कृषि यन्त्रको प्रयोग गरि शुरु गरिएपनि परवर उत्पादनमा बृद्धि ल्याउन अझैपनि आधुनिकीकरण ल्याउनुपर्ने बताएका थिए । समुहमा १७ जना कृषक आबद्ध भएर परवर खेती शुरु गरिएको सँस्थाका अध्यक्ष नजीर खानले बताएका छन ।
आधुनिक तरीकाले परवर खेती गर्नका लागि समुह लाई साना तथा म...