बाँके,१० चैत्र । सानोतिनो सहयोगले पनि समस्यामा परेकाहरुको जीवनमा महत्वपुर्ण परिवर्तन गर्न सक्ने एककार्यक्रमाका सहभागीहरुले जोड दिएका छन । सामाजिक बिकास मञ्च बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा नेपालगञ्जमा सञ्चालित युवा शशक्तिकरण (बुल्गारी)
परियोजनाबाट सहयोग पाएका बिद्यार्थी र लघुउद्यमीहरुको उपलब्धी अनुगमन पछिको छलफलमा सहभागी भएकाहरुले परियोजनाको सहयोगले शिक्षा क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको जिकिर गरेका थिए । सँस्थाको अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा बोर्ड सदस्य लगागत सम्मिलत अनुगमन टोलीले नेपालगञ्जको बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई गरेको सहयोगको उपलब्धी बारे अनुगमन गरेको सँस्थाका सल्लाहकार घनश्याम रिजाललले बताए ।
टोलीले सरस्वती माबिमा अध्ययनरत वडा नम्बर १२ कि काजल बाडिया मग्गल माबिमा अध्ययनरत वडा नम्बर ८ कि सुमन केवट , साईमा सेख सहाना सेख तथा केही लघुउध्मीहरुको ब्यवसाय समेत अनुगमन गरेको थियो ।
शिक्षा तर्फ शैक्षिक सामग्री तथा स्कुल फी मा सहयोग गरेको छात्राहरु मध्ये आर्थिक अवस्था अभावका कारण कक्षा ८ बाट नै बिद्यालय छोड बाध्य भईरहेका छात्राहरुलाई सहयोग गरि पढाईले निरन्तरता पाएको अनुगमनका क्रममा भेटिएको छ ।
कक्षा ८ बाटै पढाई छोडन लागेको छात्रा अहिले १२ कक्षामा राम्रो अँक ल्याएर उतीर्ण भएको तथा २ जना एसईईको तयारी गरिरहेको भेटिएको सँस्थाका अध्यक्ष बिष्णु ढकालले बताए । त्यस्तै गरि अनुगमन गरिएका मध्येका लघु उद्यमीहरुमो मनिषा मिश्रा, सबिना खान ,प्रिन्सु कुमारले राम्रो आम्दानी गर्न सफल भएको पाईएको ढकालले बताए ।