आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता
बाँके,३० असोज । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन ।
उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका हुन । मध्यपश्चिम क्षेत्रिय खेलुकुद विकास समितिले विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए ।
उनले राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा ढिलाई हुन नदिने समेत वचन दिएका छन । तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पन...