साढे २४ लाख क्षतिपूर्ति माग्दै नागरिक उड्डयन प्राधिकरणविरुद मुद्दा
बाँके,२७ असोज । एउटै मन्त्रालय मातहतका सरकारी निकायबीचको द्वन्द्व बढ्दै गएपछि जिल्ला अदालत बाँकेमा लुटपाटको मुद्दासमेत दायर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका नेपाल वायु सेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच द्वन्द्व बढेसँगै मुद्दा दायर भएको हो ।
नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका तत्कालिन निर्देशक प्रतापबाबु तिवारी र उड्डयन प्राधिकरणविरुद्ध नेपाल वायु सेवा निगम नेपालगन्जका प्रमुख मुक्तिराम पाण्डेले मुद्दा दायर गरेका छन् । तिवारी भने यहाँबाट सरुवा भएर हाल निगमको केन्द्रीय कार्यालयमा कार्यरत छन् ।
नेपालगन्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन गत असार १९ गते राती डोजर लगाएर उड्डयन कार्यालयले भत्काइदिएपछि सुरु भएको दुई निकायको विवाद अदालतसम्मै पुगेको छ । भवन भत्काइदिएपछि निगमका प्रमूख पाण्डेले उड्डयन कार्यालय प्रमूख तिवारीविरुद्...