Thursday, November 21सत्यम खबर
Shadow

सोनबर्सामा होली महोत्सव

बाँके,९ चैत्र । जिल्लाकै अति अबिकसित क्षेत्रको रुपमा रहेको नरैनापुर गाउँपालिकाको साक्षरता दर उकास्नका लागि बिद्यार्थी भर्ना अभियानमा अहिले देखि नै सरोकारवाला सम्पुर्ण पक्ष लाग्नुपर्न गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले बताएका छन ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६ को सोनवर्षामा आयोजित २ दिने होली मिलन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष शाहले शिक्षा बिना गाउँपालिकाको बिकास असम्भव रहेकोले सतप्रतिशत बालबालिका बिद्यालयमा पुग्नुपर्नेमा जोड दिए ।
अहिले आधुनिक युगमा पनि गाउँपालिका भित्र १० हजार भन्दा बढी बासिन्दा निरक्षर रहेको दुखद कुरा भएको जिकिर गर्दै अशिक्षा नामक चुनौती लाई चिर्न सबैको सहयोग आवस्यक रहेको बताए ।
सोनवर्षामा रहेको जिपी पब्लिक बोर्डिग स्कुलको आयोजनामा भएको होली महोत्सव कार्यक्रममा आपसी एकता, सदभाव झल्काउने किसिमका बिभिन्न किसिमको कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यपक नित्यानन्द मिश्राले बताए ।
२ दिन सम्म चलेको महोत्सवमा पण्डित रामानन्द मिश्रा द्धारा बिभिन्न धार्मिक प्रबचन बाचन, झाँकी प्रदर्शन, होली मिलन सम्बन्धी गीत सँगीत प्रस्तुत गरिएको प्रधानाध्यापक मिश्राको भनाई रहेको थियो ।
महोत्सवमा भारतको राजस्थानका प्रसिद्ध आर्गन बजाउने दामोदार दास तथा बहराईचको ढोलक बजाउने बुद्धिलालको महत्वपुर्ण सहभागिता रहेको थियो । यस क्षेत्रका बासिन्दाहरुमा एक आपसमा भाईचारा,आपसी सदभाव कायम गर्दै असत्य माथि सत्यको जीतको प्रतीकको रुपमा मनाईदै आएको होली पर्वको अवसरमा आयोजना गरिएको महोत्सवको यो दोस्रो बर्ष भएको र यसलाई हरेक बर्ष निरन्तरता दिईने जिपी पब्लिक स्कुलका अध्यक्ष गोबिन्दपाल सिँहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *