बाँके,२० चैत्र । सँघीय कृषक समुह जमुनीले आफनो दोस्रो सार्वजनिक सुलनाई सम्पन्न गरेको । समुहले साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेकोे ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजनाको सार्वजनिक सुनवाई सम्पन्न गरेको जनाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गँगापुरको जमुनीमा मा रहेको कृषक समुहले सो क्षेत्रमा पहिलो पटक नमुनाको रुपमा परवर खेतीको शुरुवात गरेको सार्वजनिक सुनवाईमा बताईएको थियो । साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेको ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजना अन्र्तगत आधुनिकरुपले तालीम र कृषि यन्त्रको प्रयोग गरि शुरु गरिएपनि परवर उत्पादनमा बृद्धि ल्याउन अझैपनि आधुनिकीकरण ल्याउनुपर्ने बताएका थिए । समुहमा १७ जना कृषक आबद्ध भएर परवर खेती शुरु गरिएको सँस्थाका अध्यक्ष नजीर खानले बताएका छन ।
आधुनिक तरीकाले परवर खेती गर्नका लागि समुह लाई साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले बोरिँग, पम्पसेट,मोटर, डिजिटल तराजु, पावर टिलर, स्प्रे टँकी तथा डेलिभरी पाईप लगायतको सामग्री खरिदका लागि आर्थिक सहयोग गरेको सार्वजनि सुनवाईमा बताईएको थियो । सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना नेपालगन्जका प्रक्योरमेन्ट अफिसर पुष्पराज पौडेलले समुहका सदस्यहरुलाई आर्थिक भार नपर्ने गरि कार्यक्रम बयवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा अध्यक्ष, उपाध्यक्षको मात्रै सहभागिता नभई सम्पुर्ण सदस्य सक्रियरुपमा सहभागी भई निर्धारित समयावधिमा नै कार्यक्रम सम्पन्न गर्न गराउन सुभराव दिए । समुह र समुदायमा कार्यक्रमको आर्थिक पक्ष बारे पारदर्शिता राख्न पनि अति जरुरी रहेको बताँउदै जुन शीर्षकको लागि सम्झौतामा उल्लेख छ ,सोही अनुसार खर्च गर्नगराउन पनि पौडेलले समुहलाई सुझाव दिए ।
सुनवाई कार्यक्रममा बोल्दै समुहका अध्यक्ष नजिर खानले परवर खेतीका लागि साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको सहयोगमा २६ लाख ५ हजार ७ सय ६८ रुपिया बराबरको सम्झौता भएकोमा समुहले १३ लाख ७४ हजार ४ सय ५३ ब्वहोरेको छ तथा बाकी १२ लाख ३१ हजार ३ सय १५ रुपिया साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले सहयोग गर्नै बताए । सार्वजनिक सुनवाई पछि उपआयोजना अन्र्तगत परवर उत्पादनका लागि खरिद गरिएको बोरिँग, पम्पसेट,मोटर, डिजिटल तराजु, पावर टिलर, स्प्रे टँकी, क्यारेट तथा डेलिभरी पाईप लगायतको सामग्री समुहका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।
समुहका अध्यक्ष नजिर खानको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ६ का सचिव जीवनलाल यादव प्रमुख आतिथी रहेका थिए भने साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाका अनुगमन अधिकृत पार्वती घिमिरेले सार्वजनिक सुनवाईको सहजीकरण गरेकि थिईन । समुहका प्रबनधक बृजेन्द्र यादवले सञ्चालन गरेको कार्यक्रममा साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाका पुष्पराज पौडेल, महेश्वर जोशी ,पार्वती घिमिरे, अम्बिका रिजाल तथा वडाका स्थानिय समाजसेवी, कृषक अगुवा लगायतको सहभागिता रहेको थियो । े ।