लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ जनाले गरे रक्तदान
नेपालगन्ज, ३० साउन – लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपाल, लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री, लायन्स क्लब अफ प्रोफेसनल, लायन्स क्लब अफ कोहलपुर भ्यूको संयुक्त आयोजनामा ११ महिला ४० पुरुष गरी ५१ जनाले रक्तदान गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका वार्ड नं.–११ न्यूरोड गैरे अफसेट प्रेसको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ११ महिला ४० जना पुरुष गरी ५१ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
आयोजित रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी निरीक्षक सानु श्रेष्ठ, प्रहरी सहायक निरीक्षक चोलीराम चौधरी, इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपालका लायन्स तथा कार्यक्रम संयोजक लायन्स राजेन्द्रप्रसाद रिजाल, दिब्यान न्यौपाने, प्रशान्त थापा, प्रेमप्रसाद तिमिल्सिेना, सुरेन्दकुमार चन्द, प्रतापसिंह थारु, माधवप्रसाद पोखरेल, ओमप्रकाश सिंह ठकुरी, परिवर्तन बिक, ओमबहा...









