स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना
नेपालगन्ज, २५ चैत - होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए ।
पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आ...









